तिब्बती महिलाहरूले पालन गरे विद्रोह दिवस

Girl in a jacket

गान्तोक, 12 मार्च।


चीनले तिब्बत राष्ट्रमाथि आक्रमणको प्रतिकार गर्दै तिब्बती महिलाहरूले गरेको विद्रोहको सम्झना गर्दै सिक्किममा बसोबासो गर्ने तिब्बती महिलाहरूले विद्रोह दिवस पालन गर्दै स्वातन्त्र तिब्बतको निम्ति उच्च वलिदान दिने तिब्बती महिला र सहीदहरूको सम्झना गर्दै श्रद्धाञ्जलि अर्पण गरे।

यसैगरि हालै जम्मु कश्मीरको पुलवामामा आतङ्की आक्रमणमा परि सहीद बनेका सीआरपीएफका जवानहरूको फोटो राखेर उनीहरूलाई मैन बत्ती बालेर श्रद्धाञ्जलि अर्पण गरेका छन्। तिब्बती महिलाहरूले राजधानी गान्तोकको पर्यटन सूचना केन्द्र अघिल्तिर मङ्गलबार साँझ तिब्बती विद्रोही महिलाहरूले 12 मार्च 1959 को दिन गरेको चीन विरोधी विद्रोहको सम्झानको 60औं वर्ष पुगेको र त्यस घटनालाई ताजा राख्दै तत्कालिन विद्रोही महिलाहरूलाई श्रद्धाञ्जलि अर्पण गरेको तथा भारतको सुरक्षामा खटेका सीआरपीएफका जवानहरूलाई पनि उच्च श्रद्धाञ्जलि दिएको महिला प्रतिनिधि हिस्से डोल्माले बताइन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया