वरिष्ठ राजनीतिज्ञ आर सी पौड्यालमाथि लिखित पुस्तक लोकार्पण

गान्तोक, 12 मार्च।


सिक्किम प्रजातान्त्रिक आन्दोलनका अटल योद्धा एवं सिक्किमको राजनीतिका सम्मानित नाम रामचन्द्र पौड्याल (आरसी पौड्याल)-माथि तयार पारिएको पुस्तक ‘शाश्वत क्रान्तिकारी आरसी पौड्याल’-को लोकार्पण भएको छ । प्रेस क्लब अफ सिक्किमको कार्यालयमा वरिष्ठ पत्रकार जिग्मी एन काजी, नेपाली साहित्य परिषदका अध्यक्ष रूद्र पौड्याल, पत्रकार माला राणा पात्रो अनि पुस्तकका संपादक सन्तोष वर्देवाको हातबाट पुस्तक लोकार्पण गरियो।

1973 को राजाकालिन सिक्किममा प्रजातन्त्रिक अधिकारको विगुल बजाउँदै आन्दोलनमा होमिएका आरसी पौडेल लामो समयसम्म सिक्किमको राजनीतिमा उज्यालो सूर्यको रूपमा रहीरहेका व्यक्तित्व हुन्। उनले 1989 मा चर्चित कालो बिल अर्थात केन्द्र सरकार र राज्य सरकारलाई राज्यको विधानसभा आसन आरक्षणको प्रणाली गलत रहेको दाबी गर्दै सर्वोच्च न्यायालयमा मामिला दर्ता गरेका थिए।

जसको फसेलापछि अहिलेसम्म उक्त फसेलालाई लिएर सिक्किमे नेपाली भाषी समुदायमाथि विदेशी हुनुको कलंक लगाइएको प्रसंग उठिरहने गरेको छ। यसैगरि आरसी पौड्यालले आफ्नो नेतृत्वमा झुल्के घाम पार्टी गठन गरेका थिए। यसका साथै आरसी पौड्यालयको प्रजातन्त्रीवादी क्रियाकलाप मात्र होइन तर उनको कलाकारिता नाटकमा अभियन र अऩ्य सामाजिक क्रियाकलापहरूमाथि राज्यका प्रतिष्ठित लेखक र पत्रकारहरूले लेखेको विचारहरूको संकलन ‘शाश्वत क्रान्तिकारी आरसी पौड्याल’- रहेका छ। लोकार्पण कार्यक्रममा रूद्र पौड्याल, जीग्मी एन काजी, आरसी पौड्याल र सम्पादक सन्तोष वरदेवाले आफ्नो सम्बोधन राखेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया