साझा मञ्चबाट बाहिरियो जाप : ‘मिल्नु साह्रो रहेछ, राम्रो उम्मेदवार छान्नुहोला, जाप यो चुनावी दौडमा आजदेखि छैन’ : हर्क

Girl in a jacket

‘प्रयास गर्दा देख्यौं, धेरै साह्रो रहेछ मिल्नु। यो पृष्ठभूमिमा भन्न चाहन्छु, सर्वसम्मति आउँदैन भने बाझाबाझा हुन्छ भने, जनताले फेरि एकपल्ट धोका पाउँछ,’ उनले भने, ‘यस्तोमा मिल्न सक्ने मिलौं। यो लोकसभा आसनको दौडमा आजदेखि जाप छैन। हामी साझा मञ्चबाट बाहिरिन्छौं। सबैमा सद्बुद्धि आवोस्, उनीहरूले सर्वसम्मतिमा पुगुन्। राम्रो निष्कर्ष निकालुन्। यो दौडमा आजदेखि जाप छैन।’


कालेबुङ, 13 मार्च


आखिरमा जन आन्दोलन पार्टी साझा मञ्चबाट बाहिरियो। जाप प्रमुख हर्कबहादुर छेत्रीले आज घोषणा गर्दै भने, ‘धेरै प्रयास गऱ्यौं, मिल्ने। मिल्नु साह्रो रहेछ। यो चुनावी प्रतिस्पर्धाबाट आजदेखि जाप बाहिरिएको घोषणा गर्छौं।’

उनले बताएअनुसार जापले ठानेको थियो लोकसभा चुनाउमा क्षेत्रीय दलहरू मिल्ने मौका थियो। तर त्यस्तो हुन सकेन। छेत्रीले भनेअनुसार मधेशका दलहरूले नै मिलेर आयो भने विनाशर्त समर्थन गर्छु भनेकोले क्रामाकपा, जाप र गोरामुमोले साझा मञ्चको पहल गरेको थियो। सोचेको थियो, साझा मञ्चले सर्वसम्मतिद्वारा साझा उम्मेदवार दिनेछ। तर सर्वसम्मति नै हुन सकेन। त्यसैले जापले साझा मञ्च र चुनावी स्पर्धाबाट बाहिरिने निर्णय गरेको हो।

‘एक महिनाभन्दा बेसी हाम्रो मिल्ने प्रयास भयो। क्रामाकपा, गोरामुमो र जापले मिल्ने कोशिश भयो तर दुर्भाग्यबस् अरू दुइवटा दलले अघिबाट नै आफ्ना उम्मेदवार खडा गरे,’ छेत्रीले भने, ‘हिजोसम्म धेरै  कोशिश गऱ्यौं। तर अहिले मिल्ने सम्भावना दुर्बल देखियो। त्यसैले हामी अब निस्किएको घोषणा गर्छौं।’

उनीअनुसार यो चुनाउ सांसदको चौकी ओगट्ने चुनाउ थिएन। गोर्खाहरूको स्वाभिमान, आत्मसम्मान, राजनैतिक सुरक्षालाई यो चुनाउले दिशा दिन्छ भन्ने सोचेर प्रयास गरिएको थियो। तर सहमति बन्न सकेन।

‘प्रयास गर्दा देख्यौं, धेरै साह्रो रहेछ मिल्नु। यो पृष्ठभूमिमा भन्न चाहन्छु, सर्वसम्मति आउँदैन भने बाझाबाझा हुन्छ भने, जनताले फेरि एकपल्ट धोका पाउँछ,’ उनले भने, ‘यस्तोमा मिल्न सक्ने मिलौं। यो लोकसभा आसनको दौडमा आजदेखि जाप छैन। हामी साझा मञ्चबाट बाहिरिन्छौं। सबैमा सद्बुद्धि आवोस्, उनीहरू सर्वसम्मतिमा पुगुन्। राम्रो निष्कर्ष निकालुन्। यो दौडमा आजदेखि जाप छैन।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया