आप नेतृले भनिन्-‘नेपालका चौकीदार चोर हुँदैनन्’ : नेपालमा विरोध भएपछि मागिन् माफी

Girl in a jacket

लोकसभा चुनावको सारगर्मी बढिरहेको छ। चुनावी प्रतिस्पर्धामा रहेका दलहरुले आ-आफ्नो प्रचार गरिरहेका छन्। साथै अन्य दलमाथि घोचपेच, व्यङ्ग्य गर्ने क्रम पनि तीव्र बनाइरहेका छन् ।  यसैक्रममा एक आप नेतृले प्रधानमन्त्री मोदीमाथि घुमाउरो व्यङ्ग्य गर्दै नेपालबारे विवादास्पद अभिव्यक्ति दिएकी छिन्।

दिल्ली विधानसभाकी विधायक तथा आम आद्‍मी पार्टीकी नेतृ अल्का लम्बाले मङ्गलबार बिहान ट्विट गर्दै नेपाली भारतका इमानदार चौकीदार हुन् भन्ने आशय व्यक्त गरेकी छिन्। उनले ट्विटमा यसपालीको लोकसभा चुनावमा भारतीय जनतालाई चौकीदार नभइ प्रधानमन्त्री चुन्न आग्रह गरेकी छिन्। उनले लेखेकी छिन्, ‘चौकीदार त नेपालबाट पनि ल्याउन सकिन्छ। नेपालका चौकीदार चोर हुँदैनन्।’

उनको अभिव्यक्तिमा मोदीलाई इमान नभएका चौकीदारसँग तुलना गरिएको छ। एकातिर उनले भारतमा नेपालीको हैसियत चौकीदार बन्ने मात्र रहेको भनी अपमानित गर्न खोजेकी छिन् भने अर्कोतर्फ उनले नेपाली इमानदार हुन्छन् भनेर प्रसंशा  गर्न खोजेजस्तो पनि देखिन्छ ।

विद्यार्थी राजनीतिबाट चर्चित बनेकी नेतृ अल्का भारतीय राष्ट्रिय काङ्ग्रेसको राजनीति हुँदै पछिल्लो समय आम आदमी पार्टीबाट राजनीतिमा सक्रिय छिन्। उनले नेपाललाई चौकीदार भनेपछि नेपालमा त्यसको व्यापक विरोध भयो। विरोधपछि अल्का लाम्बाले नेपालीबारे गरेको अपत्तिजकन टिप्पणीबारे माफी मागेकी छन्।

उनको अभिव्यक्तिमा मोदीलाई इमान नभएका चौकीदारसँग तुलना गरिएको छ। एकातिर उनले भारतमा नेपालीको हैसियत चौकीदार बन्ने मात्र रहेको भनी अपमानित गर्न खोजेकी छिन् भने अर्कोतर्फ उनले नेपाली इमानदार हुन्छन् भनेर प्रसंशा  गर्न खोजेजस्तो पनि देखिएको थियो।

आलोचनापछि माफी माग्दै नेतृ लाम्बाले आफ्नो ट्वीटले नेपालका जनतालाई दुःख पुगेको थाहा पाएको र यसका लागि छिमेकी देश नेपालका जनतासँग माफी मागेको अर्को उनले पछिल्लो ट्वीटमा उल्लेख गरेकी छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया