न्यू सेटअप अप्पर प्राइमेरी भोलेन्टियर टिचर्स अर्गनाइजेशनले गरे अमरसिंह राईलाई समर्थन

Girl in a jacket

दार्जीलिङ, 13 मार्च।


न्यू सेटअप अप्पर प्राइमेरी भोलेन्टियर टिचर्स अर्गनाइजेशनले दार्जीलिङ लोकसभा संसदीय क्षेत्रका तेस्रो मोर्चा (तृणमूल- गोजमुमो) प्रार्थी अमरसिंह राईलाई समर्थन जनाएका छन्। अमरसिंह राई दार्जीलिङ पहाड़बाट एक योग्य एवं स्वच्छ छवि भएकोले नै आफूहरूले अमरसिंह राईलाई समर्थन जनाएको उक्त सङ्गठनका सभापति जितेन्द्र खवासले आज दार्जीलिङ प्रेस गिल्डमा एक प्रेस भेला आयोजना गरी बताएका छन्।

‘दार्जीलिङ पहाड़ले चाहेको जस्तो एकजना योग्य भूमिपुत्र प्रार्थीको रूपमा हामीले अमरसिंह राईलाई पाएका छौं। सङ्गठनले आफ्नो साङिगठनिक स्वार्थलाई हेरेर होइन तर अमरसिंह राईले विधायक एवं जीटीए शिक्षा विभाग प्रभारी सदस्य रहँदा आफ्नो कार्यकालअवधि शैक्षिक क्षेत्रमा जति पनि उल्लेखनीय कार्यहरू गरेका छन्, त्यो सबैलाई थाहै छ। त्यसैलाई हेरेर हामीले उनलाई समर्थन गर्ने निर्णय गरेका हौं,’ पत्रकार सम्मेलनमा बोल्दै सभापति जितेन्द्र खवासले यसो भने।

खवासले बताएअनुसार, उक्त सङ्गठन एक अराजनैतिक सङ्गठन हुन् भने दार्जीलिङ अनि कालेबुङ जिल्लाभित्रजका 12 वटा न्यू सेटअप अप्पर प्राइमेरी स्कूलहरूका कूल 59 स्वयंसेवी शिक्षकहरू सङ्गठनमा रहिआएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया