हिल प्राइमेरी टिचर्स अर्गनाइजेशनले पनि अमरसिंह राईलाई गर्ने समर्थन

दार्जीलिङ, 13 मार्च


हिल प्राइमेरी टिचर्स अर्गनाइजेशनले पनि अमरसिंह राईलाई समर्थन गर्ने भएको छ। अर्गनाइजेशनका सचिव दिनेश महन्तले विनय तामाङ अनि अमरसिंह राईले पहाडको शिक्षा क्षेत्रमा धेरै व्यापक काम गरेको भन्दै अर्गनाइजेशशनले समर्थन गरेको बताएका छन्।

‘छोटो समयको अन्तरालमा नै बिनय तामाङले स्टेट युनिभर्सिटी पहाड़मा भित्र्याए। प्राइमेरी स्कूल, हाई स्कूल, हाइयर सेकेण्डेरी स्कूल, अप्पर प्राइमेरीमा उनकै पहलमा शिक्षक  नियुक्ति भइरहेका छन्, महन्तले भनेका छन्, ‘429 जना शिक्षकहरूले अध्यक्ष  बिनय तामाङकै पहलमा एप्रुभल पाए। 137 जना स्वयंसेवक शिक्षक/शिक्षिकाहरूले  नियुक्ति पाए। 23 जनवरी 2019 मा प्राथमिक पाठशालामा 121 शिक्षक/शिक्षिकाहरूले नियुक्ति पाए भने हालै दुई चार दिन अघि मात्र 271 जना हाई स्कूल अनि हाइयर सेकेन्डेरी स्कूलका स्वंयसेवी शिक्षक/शिक्षिकाहरू अनि  अप्पर प्राइमेरीका 59 जना स्वंयसेवी शिक्षक/शिक्षिकाहरू एप्रुभल जीटीएले पाएका छन्।’

महन्तले सबै नियुक्तिहरू हुनुमा बिनय तामाङ अनि अमर सिंह राईकै भूमिका रहेको भन्दै उनले 1 मार्चदेखि 14 मार्चसम्म प्राथमिक शिक्षक नियुक्ति गराउनको निम्ति विभिन्न पत्र पत्रिकाहरूमा विज्ञापन गरेर फारम बाँड़ने कार्य गरिरहेकले अमरसिंह राईलाई जताउन अर्गनाइजेशनले कुनै कसर नछोड्ने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया