सिक्किमेको राजनैतिक अधिकार सुनिश्चित नभएसम्म राष्ट्रिय दलहरूसित गठबन्धको कुनै औचित्य छैनः केबी राई

Girl in a jacket

गान्तोक, 13 मार्च ।


सिक्किम रिपब्लिकन पार्टी (एसआरपी) ले सिक्किमे जनताको समानुपातिक राजनैतिक हक अधिकार सुनिश्चित नभएसम्म राष्ट्रिय राजनैतिक दलहरूसित गठबन्धनको कुनै औचित्य नरहेको बताएको छ। पूर्व सिक्किमको सिङताममा आयोजित जनसभा तथा पार्टीको चुनाउ चिन्ह सार्वजनिक कार्यक्रममा आफ्नो सम्बोधन राख्दै एसआरपी अध्यक्ष केबी राईले विपक्षी दल एसकेएम र राष्ट्रिय राजनैतिक दल भाजपासित हुन गइरहेका चुनाउ पूर्व गठबन्धनमाथि कटाक्ष प्रहार गरे।

उनले एसकेएमले जुन चुनाउको छेउमा आंचार सहिता लागु हुन अघि भाजपासित दिल्लीमै गएर भाजपासित गठबन्धन पक्का भएको छ र सर्त राखेको छौ भन्दैछ भनि बताए। सिक्किमेको जबसम्म राजनैतिक सुरक्षा हुँदैन तबसम्म रेफरेन्डम गरेर भारतमा गएका छौं त्यसबाट सिक्किमेको राजनैतिक रूपमा सुरक्षा हुँदैन तबसम्म हामीले गठबन्धन गरेको सिक्किमेको फाइदा हुनुको बढी समस्या हुन्छ भन्ने जानकारी दिए।

यसैगरि सिब्ल्याकको संयोजक छितेन टासीको आरएसएससित राम्रो सम्बन्ध रहेको र रिम्पोछे ल्याएर आरएसएसको उच्च ओहदाको  व्यक्ति निम्ताएर प्रवचन गरेको तर नागरिकता संसोधन ऐनबारे कुनै विरोध नगरेको तथा 371 एफको एडिक्ट बन्ने भोटियाले त्यसैलाई खतरामा पार्ने काम गर्दै भाजपा अघि घुडा टेकेको अनि एसकेएमले भाजपाले जुन गठबन्धन गर्दैछ त्यसै प्रकारले सिब्ल्याकले जस्तै खतरा निम्त्याइरहेको तथा सत्तारूढ एसडीएफ पार्टी र हाम्रो सिक्किम पार्टीले पनि चासो देखाएको अनि सबै पूर्ण रूपमा कुर्सी हत्याउनु र कुर्सी लम्ब्याउनुमा लागि परेको आरोप पनि लगाए।

यसैगरि अध्य़क्ष राईले आगामी चुनाउमा एसआरपी पार्टीले समानुपातिक सीट आरक्षणलाई आफ्नो पार्टीको प्रमुख मुद्दा बनाएर आउॅंदो लोकसभा र विधानसभा चुनाउमा जाने भएको छ। पूर्व सिक्किमको सिङताममा बुधबार आयोजित जनसभापछि पत्रकारहरूसित कुराकानी गर्दै एसआरपी अध्यक्ष केबी राईले उक्त जानकारी दिए।

उनले आउॅंदो चुनाउमा सिक्किम विधानसभाको सीट आरक्षण प्रणालीलाई पूर्ण रूपले समानुपातिक बनाउने तथा सिक्किमका सबै जनसमुदायलाई जनसंख्याको आधारमा सीट आरक्षण दिलाउने एसआरपीको मुख्य मुद्द रहने बताए। उनले धारा 371एफ— मा सिक्किमका खॉंटी सिक्किमेहरूलाई अनुसूचित जाति अथवा अनुसूचित जनजातिको मान्यता बिनै पनि सीट आरक्षणको प्रावधान रहेको बताउॅंदै एसआरपीले जनसंख्याको आधारमा सबै जनसमुदायको सीट आरक्षणलाई पनि आफ्नो मुद्दा बनाएर चुनावी मैदानमा जाने बताए। एक प्रश्नको जवाफमा उनले सिक्किमको 32 सीट मध्ये कति सीटमा चुनाउ लड्ने भन्ने कुरा केही दिनमै स्पष्ट गर्ने बताए।

यस अघि जनसभालाई सम्बोधन गर्दै एसआरपी अध्यक्ष राईले सिक्किममा राजतन्त्रको व्यवस्थाका कारण विभिन्न जात—जातिमा असमानता रहेको छ भने। उनले सिक्किम बाहिरबाट सुन्दर देखिए पनि राजनीतिक रूपमा कुरूप रहेको बताए। सिक्किमे समाजमा व्याप्त भेदभाव र सिक्किमेहरूलाई एक हुनु नदिने कानूनलाई सच्याउन सबै एकजुट बन्नुपर्ने उनले आह्वान गरे। उनले यो कानून व्यवस्थामा सुधार गरिए मात्र सबै समुदायका निम्ति राजनीतिक अधिकार समान बन्ने दाबी गरे।

उनले लिम्बू र तामाङको सीट आरक्षण नहुनुमा पनि यही कानून व्यवस्था जिम्मेवार रहेको बताए। अर्कातिर, सिक्किमका सत्ता अनि विपक्षका सबै राजनीतिक दलहरू केवल आफ्नो स्वार्थपूर्तिको निम्ति राजनीति गरिरहेको उनले आरोप लगाए। यस्ता जन सरोकारसित सम्बन्धित मुद्दालाई एसआरपी बाहेक अन्य कसैले उठाउन नसक्ने उनले ठोकुवा गरे।  एसआरपीलाई चुनाउ आयोगले आउँदो चुनाउको निम्ति बाँसुरी चुनाउ चिन्ह प्रदान गरेको छ भने कार्यक्रममा बाँसुरी वादन गरेर चुनाउ चिन्हको प्रचार प्रसार गरियो। कार्यक्रममा एसआरपीका विभिन्न नेताहरूले पनि सम्बोधन राखेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया