‘विमल गुरुङलगायत हामी सबै भूमिगत आन्दोलनकारीहरू चुनावी मैदानमा शीघ्र आउनेछौं’

‘दार्जीलिङ लोकसभा चुनाउ हर हालतमा जातिय पहिचान र अधिकारको निम्ति नै हुनेछ र जनताले तृणमूल काङ्ग्रेस प्रार्थी जो कोही होस् मतदान दिने अवश्यै छैन,’ काम्बाङले भनेका छन्, ‘जुन सरकारले आन्दोलन दबाउन हाम्रो निर्दोष प्रदर्शनकारीलाई गोली चलाई हत्या गरेको छ। हामी नेतृत्वहरूलाई अनावश्यक कार्वाही गरि प्रताडना गरेको छ। त्यस्तो सरकार र राजनैतिक चिन्हमा कुनै पनि मूल्यले औंला दबिने छैन। दार्जीलिङ र भारतभरिका गोर्खा समुदयको राजनैतिक स्वाभिमान र अधिकार सुनिश्चित गर्न बिमल गुरुङ अनि हामी चाँडै राजनैतिक चुनावी मैदानमा उत्रिने छौँ। जसलाई हामी एउटा आन्दोलनको नयाँ आयामको रुपमा प्रमाणित र प्रस्तुत गर्नेछौं।’


सिलगढी, 13 मार्च


विनय तामाङ र ममता व्यानर्जीले अमरसिंह राईलाई तणमूलको उम्मेदवार बनाउनुले पहाडका मतदातालाई जे पनि गर्न ससकिन्छ भन्ने मानसिकता राख्नु रहेको मोर्चा नेता नरेन्द्र काम्बाङले बताएका छन्।  उनले यो निर्णयलाई राजनीतिक आचार संहितादेखि बेग्लै निर्णय रहेको भन्दै गोर्खाको राजनैतिक धरातललाई सस्तो देखाउने खेलसमेत रहेको जनाएका छन्।

विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘अमरसिंह राईलाई उम्मेदवार बनाउनु  पहाडका नेताहरू विकाउ छन् भनेर सावित गर्नु हो। गोर्खा जन मुक्ति मोर्चा राज्य निर्माण र जातीय पहिचानको मुद्दा बोकेर चुनाउमा उत्रिएको थियो। राज्य निर्माण नभएसम्म हामी हर सम्भाव राजनीतिक आन्दोलन गर्नेछौं।’

उनले ममता व्यार्जीसित विमल गुरुङ र भूमिगत आन्दोलनकारीहरूलाई आफ्नो भूमिबाट बाहिर राख्ने क्षमता नभएको बताउँदै काम्बाङले भनेका छन्, ‘उचित समयमा हामी पहाड आउनेछौं। विनय तामाङहरूले गोर्खाको स्वाभिमान बेच्ने कोशिश नगरे हुन्छ।’

उनले विनय तामाङहरूले जातिसित खेलवाड गर्नु सबैको लागि हानिकारक हुने बताएका छन्। ‘दार्जीलिङ लोकसभा चुनाउ हर हालतमा जातिय पहिचान र अधिकारको निम्ति नै हुनेछ र जनताले तृणमूल काङ्ग्रेस प्रार्थी जो कोही होस् मतदान दिने अवश्यै छैन,’ काम्बाङले भनेका छन्, ‘जुन सरकारले आन्दोलन दबाउन हाम्रो निर्दोष प्रदर्शनकारीलाई गोली चलाई हत्या गरेको छ। हामी नेतृत्वहरूलाई अनावश्यक कार्वाही गरि प्रताडना गरेको छ। त्यस्तो सरकार र राजनैतिक चिन्हमा कुनै पनि मूल्यले औंला दबिने छैन। दार्जीलिङ र भारतभरिका गोर्खा समुदयको राजनैतिक स्वाभिमान र अधिकार सुनिश्चित गर्न बिमल गुरुङ अनि हामी चाँडै राजनैतिक चुनावी मैदानमा उत्रिने छौँ। जसलाई हामी एउटा आन्दोलनको नयाँ आयामको रुपमा प्रमाणित र प्रस्तुत गर्नेछौं।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया