म अमरसिंह राईलाई भोट दिने छुइनँ

Girl in a jacket

कसैको भाईको रगत दार्जीलिङको सड़कभरि छरिएको छ – कसैको दाजु दवाई लिनु गएको अझसम्म फर्किएका छैनन् – कसैको छोरा झोलामा सुख्खा रोटी र डल्ले खोर्सानी बोकेर जुलुसमा गएको पुलिसको गोलीले त्यो झोलासँगै निष्प्राण भई ढलेको हिज अस्ति जस्तो लाग्छ। यो सबै गराउने यही तृणमूल सरकार हो – घाँसफूलको मालिक हो – ममता व्यानर्जी हो। यसैले यो चिन्हमा कसरी भोट दिनु? तपाईहरू आफै भन्नुहोस् त?


देव खम्बु राई


म खाँटी राई हुँ – मेरो आप्पा चाम्लिङ राई। मेरो आमा नेवाङ राई। तर म अमरसिंह राईलाई आगामी लोकसभा चुनावमा भोट दिने छुइनँ। मैंले यो मेरो लेख किन आफ्नो जातलाई सम्बोधन गरेर लेँखे भने अहिले दार्जीलिङ पहाड़मा आफूलाई गोर्खा जाति भन्दा पनि जात भनेर चिनाउने होड़बाजी छ।

हिरालाई हिराले काट्नुपर्छ भन्छन् यसैले म राई भएर यस्तो अमरसिंह जस्तो राईको  विरोध गर्नुपर्छ भन्ने मेरो सोंच छ। जात जातमा हामीलाई रमाउन सिकाउने – जात जातमा हामीलाई टुक्रा टुक्रा पार्ने यही तृणमूल सरकार हो – यही घाँसफूलको मालिक हो। यसैले म तृणमूललाई भोट दिने छुइनँ – मेरो भोट जातलाई होइन जातिलाई हुनेछ – गोर्खा जातिलाई हुनेछ पराई जातिको सुसारेहरूलाई होइन।

राजनीति गर्दा हामीले दूरदर्शिता अपनाउनु पर्छ। हुँदा – हुँदैको विधायकलाई पदत्याग गर्नु लगाएर सांसदको टिकट दिनु भनेको ममता व्यानर्जीले हामीलाई लितिपिति बनाउनु खोज्नु हो। अहिलेसम्म दार्जीलिङबाट विधायक बनाउनु नसकेको ममता व्यानर्जीले एक तीरले दुइ शिकार गर्नु खोजेका छन्। कारण यदि कथङकाल दार्जीलिङ लोकसभा संसदीय क्षेत्रबाट तृणमूल प्रार्थीले भोट जित्यो भने अमरसिंह राईको रिक्त पदमा हुने उपचुनावमा पनि तृणमूल प्रार्थीको जित पक्का पक्की हुनेछ।

यसको मतलब दार्जीलिङ जिल्लामा पनि उसको वर्चस्व कायम रहेको प्रमाण हुनेछ – यसैले यो चुनावको माध्यमबाट ममता व्यानर्जीले दार्जीलिङमा क्रमशै आफ्नो प्रभुत्व जमाउन खोजिरहेका छन्। जनताले यो चाल अहिले नै बुझ्नुपर्छ र यस्तो चालबाजहरूलाई डाँड़ा कटाउनु पर्छ।

कसैको भाईको रगत दार्जीलिङको सड़कभरि छरिएको छ – कसैको दाजु दवाई लिनु गएको अझसम्म फर्किएका छैनन् – कसैको छोरा झोलामा सुख्खा रोटी र डल्ले खोर्सानी बोकेर जुलुसमा गएको पुलिसको गोलीले त्यो झोलासँगै निष्प्राण भई ढलेको हिज अस्ति जस्तो लाग्छ। यो सबै गराउने यही तृणमूल सरकार हो – घाँसफूलको मालिक हो – ममता व्यानर्जी हो। यसैले यो चिन्हमा कसरी भोट दिनु? तपाईहरू आफै भन्नुहोस् त?

हामीलाई थाह छ त्योविनय र एलबीसित हिँड्ने समुहमा पनि कति त स्वाभिमानी आत्मा भएका गोर्खाहरू छन् – यो तिनीहरूलाई पनि चुनौति हो। विनय तामाङले कतिपय आफ्नो सम्बोधनमा गोजमुमोको झण्डाको माया लागेकोले अर्को झण्डा नबनाएको वकालती दिएको थियो खोई त आज आफ्नो झण्डाको माया गरेको?

उसले त त्यो झण्डालाई आफ्नो स्वार्थको रूपमा मात्र प्रयोग गरेको थिएछ त! विनय तामाङ आफू त बिक्री भयो भयो तर आफूसँगै युवाहरूलाई पनि बङ्गोपसागरमा डुबाउने तरखरमा छन्। विनय तामाङले आफू बिक्री भएको बदलामा रातो बत्ती र लालकोठीको चौकी पायो तर युवाहरूले के पायो त? सोंच्ने बेला हो यो।

अझै धेरै कुराहरू छन् जो सिलसिलेवार तरिकाले समय समयमा राख्दै गँरूला। आजलाई भने यो लेख यतिमा नै समाप्त गर्न लागिरहेको छु। यद्धपि, जाँदा जाँदै फेरि पनि यो भन्न चाहन्छु कि – ‘म अमरसिंह राईलाई भोट दिनेछुइनँ’ – हजुरहरू नि दिनुहुन्छ?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया