साइमन कलर्सको राइजिङ स्टारमा : महेश सेवाले गरे भोटको अपिल

Girl in a jacket

‘उसले घरबाट प्रतियोगी भएर जाँदा गुरूजनहरूको ज्ञान, आमा-को मेहनत, मेरो आशिर्वाद अनि सानी बहिनीको सपना लगायत तपाईंहरूको माया अनि हौसला लिएर गएको छ,’ महेश सेवाले भने,  ‘हुन त प्रतियोगितामा यति कुरा लिएर जानु धेरै हो, तर म बाबु परेको हुनाले म भित्रको बाबुको मन मान्दैन रहेछ। उसलाई तपाईंहरूको मायासँगै भोट पनि चाहिएको छ। म बाबु भएर त्यस भोटको निम्ति अनुरोध गर्छु।’


सिलगढी, 14 मार्च


जी टिभीको सारेगमप लिटल च्याम्प्स-बाट आफ्नो गायकीद्वारा सारा विश्वलाई मक्ख पारिसकेका गायक साइमन सेवा अहिले फेरि कलर्सको राङजिङस्टार-मा प्रतियोगीकोरूपमा पुगेका छन्। 16 मार्च को राति 9 बजी साइमनले राइजिङस्टरमा लाइभ गाउनेछन्।

साइमनका पिता महेश सेवाले बताएअनुसार राइजिङ स्टारको लाइभ अवधि नै साइमनलाई भोट दिने अवसर छ। साइमनलाई भोट Voot App डाउनलोड गरेर त्यस मार्फत गर्न सकिने पनि उनले बताएका छन्।
‘यस अघि पनि साइमन जी टिभीमा ‘सारेगमप लिटल च्याम्प्स’ – मा जाँदा सबैले उसलाई भरपुर माया अनि हौसला दिएका थिए। यद्धपि उसले लक्ष्य हासिल गर्न सकेन,’ महेश सेवाले भने,  ‘तर उसले त्यस कार्यक्रमबाट एउटा अनुभव अनि आत्म विश्वास जितेर फर्किएको थियो। आज उ पुनः आफ्नो प्रतिभा तथा गायकीलाई बोकेर कलर्सको राइजिङ स्टार कार्यक्रममा पुगेको छ। यसपालि पनि उसलाई सबैको माया र भोट चाहिएको छ।’

महेश सेवा चर्चित गायक हुन्। उनको छोरा साइमनले पनि उनकै पाइला पछ्याएका छन्।

‘उसले घरबाट प्रतियोगी भएर जाँदा गुरूजनहरूको ज्ञान, आमा-को मेहनत, मेरो आशिर्वाद अनि सानी बहिनीको सपना लगायत तपाईंहरूको माया अनि हौसला लिएर गएको छ,’ महेश सेवाले भने,  ‘हुन त प्रतियोगितामा यति कुरा लिएर जानु धेरै हो, तर म बाबु परेको हुनाले म भित्रको बाबुको मन मान्दैन रहेछ। उसलाई तपाईंहरूको मायासँगै भोट पनि चाहिएको छ। म बाबु भएर त्यस भोटको निम्ति अनुरोध गर्छु।’

महेश सेवाले  साइमनको गायकीमा श्रोता-दर्शकले उसको मेहनत अनि प्रयास देखेमा उनलाई अघि बढ्न सबैको सहयोग होस् भन्ने अपिल गरेका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया