‘टिस्टा’ उर्लियो उम्मेदवारको स्वागतमा

Girl in a jacket

सिलगढी, 14 मार्च


विनय खेमा मोर्चा (रङ्गीत) र तृणमूल काङ्ग्रेस (टिस्टा) मिलेर अब ‘टिस्टा’ अर्थात तृणमूल काङ्ग्रेस भइसकेको छ। मोर्चा नेता तृणमूलको उम्मेदवार हुनुबाट नै तृणमूल नेता एलबी राईले केही महिना अघि भनेजस्तो विनय खेमा मोर्चा तृणमूल काङ्ग्रेस भइसकेको प्रमाणित गरेको छ।

आज यही ‘टिस्टा’ बाघडुगरामा उर्लियो। मोर्चा र तृणमूलका समर्थकहरू तृणमूल उम्मेदवार अमरसिंह राईलाई स्वागत गर्न ‘टिस्टा’ भएर उर्लिएको हो। राईसित जिटिए विओए विनय तामाङपनि साथ थिए। यता तृणमूलबाट गौतम देव पनि स्वागतको लागि पुगेका थिए।

समर्थकहरूले राईलाई स्वागत जनाउँदै नाराबाजी पनि गऱ्यो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया