मोर्चा नेता अमरसिंह राई तृणमूल उम्मेदवार : पहाडका तृणमूल नेताहरू क्षुब्ध

Girl in a jacket

‘सुत्रअनुसार एलबी राईले पार्टीको निर्णयको विरोध गरेका छन्,’ प्रभात खबरले लेखेको छ, ‘तर उनी खुलेर अघि आएका छैनन्। उनका समर्थकहरू क्षुब्ध छन्। मिरिकमा समर्थकहरूले तृणमूलको झण्डाहरू निकाल्न थालेका छन्।’


सिलगढी, 14 मार्च


प्रभात खबरले समाचार छापेको छ, ममता व्यानर्जीले विनय खेमा गोजमुमोका अमरसिंह राईलाई दार्जीलिङ सिटको लागि तृणमूल काङ्ग्रेसको टिकट थमाएपछि पहाडको तृणमूल खेमा क्षुब्ध भएका छन्।  तर कसैले व्यक्त भने गरेका छैनन्।

अघिबाटै चर्चा थियो, तृणमूलबाट उम्मेदवार दियो भने, टिकट मिरिक नगरपालिका अध्यक्ष एलबी राईले पाउनेछन्। पार्टीबाहिरबाट टिकट दियो भने पीडी भोटियाले पाउनेछन्। तर अचानक ममता व्यानर्जीले अमरसिंह राईको नाम लिइन्।

अमरसिंह राईको नाम आउनसाथ एलबी राई, राजेन्द्र मुखिया अनि विन्नी शर्माले फोनसमेत अफ राखेर बसे। उनीहरू कोही पनि मिडियासित बोल्न मानेका छैनन्।

2014 मा तृणमूल काङ्ग्रेसले भाइचुङ भोटियालाई मैदानमा उतारेको थियो। तर उनी हारे। भाइचुङले अहिले आफ्नै राज्यमा राजनीति गरिरहेका छन्।  आफ्नै पार्टीमा क्षमतावान उम्मेदवार हुँदा हुँदै विनय खेमा गोजमुमोका नेतालाई टिकट दिँदा पहाडको तृणमूलका नेताहरूलाई झट्का लागेको छ।

एलबी राईका समर्थकहरूअनुसार राई निक्कै बुजुर्ग र इमान्दार नेता हुन्। उनले विमल गुरुङको जगजगीमा पहाडमा तृणमूललाई स्थापित गरेका हुन्। तृणमूल काङ्ग्रेसको अधिनमा मिरिक नगरपालिका आउनुमा पनि राईकै भूमिका छ।

गोर्खाल्याण्ड आन्दोलनको बेला 105 दिन पहाड बन्द हुँदा एलबी राई निक्कै तारोमा परे। अहिलेसम्म पहाडमा तृणमूललाई बलियो बनाउने पनि राई नै हुन् तर अचानक गोजमुमोका नेतालाई पार्टीले टिकट दियो। ममताको यस्तो निर्णयसित पहाडको तृणमूल नेताहरू क्षुब्ध बनेको प्रभात खबरले लेखेको छ।

‘सुत्रअनुसार एलबी राईले पार्टीको निर्णयको विरोध गरेका छन्,’ प्रभात खबरले लेखेको छ, ‘तर उनी खुलेर अघि आएका छैनन्। उनका समर्थकहरू क्षुब्ध छन्। मिरिकमा समर्थकहरूले तृणमूलको झण्डाहरू निकाल्न थालेका छन्।’

प्रभात खबरले लेखेअनुसार तृणमूल समर्थकहरू क्षुब्ध भएको कुरा सत्य नभएको शारदा राई सुब्बाले बताएकी छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया