अमरसिंह राई : अफलाइन ताली-अनलाइन गाली

Girl in a jacket

खबरम्यागजिनले अनलाइन सर्वे गर्दा के देख्यो भने मानिसहरू अमरसिंह राईसित खुशी छैनन्। अनलाइनमा उनलाई गाली गर्ने अधिकांशको मत छ, जुन तृणमूलले दाजुभाइ माऱ्यो उसैको उम्मेदवार हुनु जातिलाई गद्दारी गर्नु हो। जुन पार्टी नै छुट्टै राज्य गोर्खाल्याण्डको कट्टर विरोधी हो त्यही दलबाट चुनाउ उठ्नु भनेको मुद्दालाई संधैको लागि ममताको हातमा बेचिदिनु हो।


कालेबुङ, 14 मार्च


गोजमुमो-टु-का नेता अमरसिंह राईले तृणमूल काङ्ग्रेसको टिकट पाएपछि पहाडमा राजनैतिक माहौल तात्तिएको छ। पहिले त पहाडको तृणमूल काङ्ग्रेस गोजमुमो-2-को नेतालाई पार्टीको टिकट दिएकोमा खुशी देखिएन, तर गोजमुमो-2-मा भने व्यापक खुशीको लहर छायो।

हुन पनि आफ्नो नाममा पार्टी पञ्जिकृत नभएपछि तृणमूल काङ्ग्रेसजस्तो राष्ट्रीय दलबाट टिकट पाउनु गोजमुमो-2-को लागि गतिलै उपलब्धी हो। यही उपलब्धीलाई ‘सेलेब्रेट’ गर्दै तृणमूल-गोजमुमो-2-का समर्थकहरू बाघडुगरा हवाइअड्डामा आफ्ना उम्मेदवारको स्वागत गर्न पुगेका थिए।

खरसाङमा त नौमती बाजा बजाएरै स्वागत गरे। शिक्षक नियुक्तिको आशामा बसेका अर्गनाइजेशनहरू काम पाउने लोभले अमरसिंह राईलाई समर्थन गर्ने होडबाजीमा छ।

अफलाइन अमरसिंह राईको हाइ हाइ छ। तर अनलाइनमा अमरसिंह राईलाई बाइबाइ पनि छ। राईले अफलाइन व्यापक ताली पाइरहेका छन्। तर अनलाइन भने गालीबाहेक अरू केही पाइरहेका छैनन्। कुनै कुरा बोल्यो कि तार्गेटमा पर्ने डरको कारण र कतिवटा बाध्यताको कारण समर्थकहरूले अफलाइन ताली ठोक्न बाध्य छन्। तर अनलाइनमा राईलाई गाली गर्नेहरूकै जनसंख्या धेरै देखा परेको छ।

खबरम्यागजिनले अनलाइन सर्वे गर्दा के देख्यो भने मानिसहरू अमरसिंह राईसित खुशी छैनन्। अनलाइनमा उनलाई गाली गर्ने अधिकांशको मत छ, जुन तृणमूलले दाजुभाइ माऱ्यो उसैको उम्मेदवार हुनु जातिलाई गद्दारी गर्नु हो। जुन पार्टी नै छुट्टै राज्य गोर्खाल्याण्डको कट्टर विरोधी हो त्यही दलबाट चुनाउ उठ्नु भनेको मुद्दालाई संधैको लागि ममताको हातमा बेचिदिनु हो।

अनलाइनमा राईको आलोचना 90 प्रतिशत छ। अफलाइनमा समर्थन 40 प्रतिशत।

आन्दोलन दबाउने र गोली ठोकेर आन्दोलनकारी मार्ने दलका भूमिपुत्र मोर्चा नेतालाई जनताले यसपालिको लोकसभा चुनाउमा जिताएरै पठाउने हुन् त? यसमा व्यापक शङ्का देखा परेको छ। किन भने बाहिर मानिसलाई खुल्ला बोल्ने छुट छैन। विरोध गर्ने छुट पनि छैन। आन्दोलन थन्काएर जिटिएको लागि विनय तामाङहरूले ममतासित हात मिलाएकोमा अधिकांश खुशी छैनन्। त्यहीँमाथि गोर्खाल्याण्ड विरोधी तृणमूलबाट गोर्खा भूमिपुत्र उठ्दा स्वाभिमानीहरूको आत्मसम्मानमा ठेस पुगेको छ। उनीहरूको आत्मसम्मानमा ठेस पुगेको कुरा अनलाइनमा विनय तामाङ र अमरसिंह राईलाई गरेको गालीबाट पनि अनुमान गर्न सकिन्छ।


अनलाइन गालीका केही नमूना

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया