भाजपा प्रवक्ता र अन्यले त्यागे भाजपा: भने-भ्रष्टाचार मुक्त भारतको नारा दिनेले भ्रष्टाचारमा जेल गएकोसित हात मिलाएपछि भाजपासित घिन लागेर छोड्यौं

Girl in a jacket

गान्तोक, 14 मार्च।


भारतीय जनता पार्टी (भाजपा) को सिक्किम प्रदेश एकाईलाई ठूलो झट्का लागेको छ। भाजपाको प्रदेश एकाईका उपाध्यक्ष एवं प्रवक्ता जेबी दर्नाललगायत अन्य दुई पदाधिकारीले पार्टीको पद अनि प्राथमिक सदस्यताबाट राजीनामा दिएका छन्। राजीनामा दिने अन्य दुई पदाधिकारीको नाम मदन कार्की र डीआर खतिवड़ा रहेका छन्। मदन कार्की प्रदेश भाजपाको पूर्व जिल्ला उपाध्यक्ष र डीआर खतिवड़ा महासचिव तथा सिङताम खाम्दोङ निर्वाचन क्षेत्रका प्रभारीको पदमा कार्यरत रहेको बताइएको छ।

प्रेस क्लब अफ सिक्किममा विहीबार आयोजित एक पत्रकार सम्मेलनमा प्रदेश भाजपाका पूर्व प्रवक्ता दर्नालले उक्त जानकारी दिए। उनले राज्यको प्रमुख विपक्षी दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) र भाजपाबीच भएको गठबन्धनलाई भाजपाबाट राजीनामा दिनुको मुख्य कारण बताएका छन्।

उनले भाजपा र एसकेएमबीच भएको गठबन्धनप्रति प्रदेश भाजपाका धेरै पदाधिकारीहरू असन्तुष्ट रहेको दाबी गरे। यसै क्रममा आज आफूलगायत तीन जनाले पार्टीबाट राजीनामा दिएको उनले जानकारी दिए। उनले भाजपा र एसकेएमबीच गठबन्धनको प्रक्रियालाई प्रदेश एकाईबाट आगाड़ी नबढ़ाएर दिल्लीबाट भइरहेकोमा पनि आपत्ति जनाए।

आफूले भाजपामा आउनुको मुख्य कारण नै प्रधानमन्त्री मोदीले आफू पनि नखाने अरूलाई पनि खान नदिने नारा दिएपछि त्यसैमा कायल भएर भाजपाको कार्यकर्ता बनेको तर अहिले भ्रष्टाचारकै आरोपमा एक वर्ष जेलको दण्ड भोगिसकेको नेताको नेतृत्वमा रहेको एसकेएम पार्टीसित गठबन्धनमा जाने निर्णय सितै प्रधानमन्त्री मोदी, अध्यक्ष अमित शाह र महासचिव राम माधवसित मोह भङ्ग भएको अनि उनीहरूको दोहोरो चरित्रले सिक्किमको सुरक्षा र संविधानको धारा 371 एफ समेतलाई खतरा पार्ने भएको कारण आफूलाई भाजपासित घिन लागेर आएको अनि यसमा  नरहने निर्णय गरेको बताए।

यसैगरि उनले सम्भावना व्यक्त गर्दै एसकेएम अध्यक्ष पीएस गोलेले पक्कै पनि भाजपासित सिक्किमको सुरक्षा कवच 371 एफलाई लिएर सम्झौता गरेको हुनसक्ने भएको कारण सिक्किमेको निम्ति यो गठबन्धन खतरानाक साबित हुने बताउँदै यसलाई जनताले सहयोग गर्नु नहुने अपिल पनि गरे।

दर्नालले भाजपा नेतृत्वहरूका साथै एसकेएम पार्टीका अध्यक्ष पीएस गोलेबारे पनि कड़ा प्रतिक्रिया गरे। एकातिर भाजपा नेतृत्वहरूले भ्रष्टाचारमुक्त भारत निर्माणको कुरा गरिरहेको छ भने अर्कातिर भ्रष्टाचारको दोषमा जेलको सजाय काटिसकेका व्यक्ति पीएस गोलेसित गठबन्धन गरेकोमा उनले भाजपा नेतृत्वहरूमाथि नै प्रश्न तेर्साए।

भाजपा नेतृत्वहरूको यस्तो दोहोरो चरित्र आफूलाई मन नपरेपछि पार्टीबाट राजीनामा दिने निर्णय लिएको उनले बताए। यसैगरि भाजपा राज्य अध्यक्ष डीबी चौहान पनि हावाको भरमा कता कता कुदिरहेको तर उनलाई पनि वास्तमा के हुँदैछ भन्ने कुरा थाहा नभएको प्रवक्ता दर्नाले भजपामा सामेल हुँदै देखि कोटमा सिउरिएको भाजपाको चुनाउ चिन्ह कमल पनि उतारेर विर्सजन गरे।

उनले भाजपा र एसकेएमबीचको गठबन्धन अवैध रहेको ठहर गरे। आफ्नो असन्तुष्टिहरूबारे पार्टीमा कुरा राखेको, तर सुनवाई नभएको पनि उनले दाबी गरे। एक प्रश्नको जवाफमा दर्नालले अब राजनीतिबाट विश्राम लिने विचार गरिरहेको मनतव्य गरे। यद्यपि, उनले कुनै राजनीतिक पार्टीमा सामेल हुने कुरालाई पनि स्पष्ट रूपमा नकारेनन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया