मोर्चाको विधायक तृणमूलको टिकटमा उठ्नु भनेको पोलिटिकल लभ हो-विनय

Girl in a jacket

‘पहाडको तीन सेग्मेन्टमा 6 लाख 11 हजार भोट र तराईको पाँच सेग्मेन्ट 9 लाख 56 हजार भोट छ,’ तामाङले भने, ‘टिकट लिएर आउँदा मात्र जुन भीडले अमरसिंह राईलाई स्वागत गरे, म किटान गर्छु, दुइ लाख भोटले हामी जित्नेछौं।’


दार्जीलिङ, 14 मार्च


कसरी कुनै माग र मुद्दाबारे सम्झौता नगरी मोर्चाको नेता तृणमूलको उम्मेदवार बनेको हो? यसको जवाब त दिएको छैन तर गोजमुमो-2 का नेता विनय तामाङले यसलाई ‘पोलिटिकल लभ’ को संज्ञा दिएका छन्।

‘राजनीतिमा गिभ एण्ड टेक हुन्छ,’ तामाङले भने, ‘हामीले हाम्रो उम्मेदवार हुनुपर्छ भन्यौं। हाम्रो बचन ममता व्यानर्जीले राखिदिइन्। उनले तपाईँको नेता तृणमूलको उम्मेदवारकोरूपमा उठ्नुपर्छ भनिन्, हामीले बचन राखिदियौं।’

जनताले भूमिपुत्र भनेकोले जनताको माग पूरा गर्दै आफूहरूले तृणमूललाई उम्मेदवार दिएको पनि जनाए। उनीअनुसार पर्सी अमरसिंह राईले विधायक पदबाट राजिनामा दिनेछन्।

तामाङले आफूहरूलाई अहिले धेरै लाञ्छना लागेको तर केन्द्रमा थर्डफ्रन्टको सरकार बनिने वित्तिकै गोर्खाहरूको चिह्नारी निश्चित हुने, 11 जातले जनजातिको मर्यादा पाउने, चिया र सिन्कोनाबासीले पर्जापट्टा पाउने बताए।

‘पहाडको तीन सेग्मेन्टमा 6 लाख 11 हजार भोट र तराईको पाँच सेग्मेन्ट 9 लाख 56 हजार भोट छ,’ तामाङले भने, ‘टिकट लिएर आउँदा मात्र जुन भीडले अमरसिंह राईलाई स्वागत गरे, म किटान गर्छु, दुइ लाख भोटले हामी जित्नेछौं।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया