कालेबुङ नगरपालिकाले जिताउने अमरसिंह राई

कालेबुङ, 15 मार्च


कालेबङ नगरपालिकाले तृणमूल उम्मेदवार अमरसिंह राईलाई जिताउने भएको छ। कालेबुङ नगरपाल रवि प्रधानले भनेअनुसार यसै विषयलाई लिएर हिजो एउटा बैठक भयो। ‘हाम्रो आफ्नै भूमिपुत्र अमरसिंह राईलाई भारी मतले जिताउन यो बैठक गरिएको हो,’ प्रधानले भने,  ‘सम्पूर्ण वार्ड पार्षद,पार्षदिकाहरुबीच भएको चिन्तन सभामा सबै वार्ड पार्षदहरूले वार्डवासीलाईआफ्नो उम्मेदवारबारे बुझाउने निर्णय भएको छ।’

नगरपालिका र जिटिएले गरेको विकास, तृणमूल उम्मेदवार अमरसिंह राईलाई जिताउनुको फाइदाबारे बुझाउने अभियान शीघ्र शुरु हुने भन्दै प्रधानले हरेक वार्डमा सभा गर्ने पनि बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया