प्रत्येक पाँच मिनटमा एक भारतीय लेखक जन्मिँदैछ : अनिता देसाई

अनिता शब्दचित्र


24 जून 1937 –मा जयपुर मसुरीमा जन्मेकी अनिता देसाई भारतीय मूलकी अङ्ग्रेजी आख्यानकार हुन्। यिनको खास नाम अनिता मजुमदार हो। मेस्साचुसेट इन्स्टिट्युट अव् टेक्नोलजीमा प्राध्यापकसमेत रहेकी देसाई प्रसिद्ध लेखिका किरन देसाईकी आमा पनि हुन्। सन् 1980, 84 र 90 मा गरी तीनपटक प्रतिष्ठित बुकर प्राइ जितेकी उनले सन् 1983 –मा गार्जियन चिल्ड्रेन फिक्सन प्राइस, 1978 –मा साहित्य अकादमी पुरस्कार र सन् 2014 मा पद्मभूषम पुरस्कार पाइसकेकी छन्। यसबाहेक साहित्यका लागि इटलीबाट अल्बर्टो मोराभिया प्राइ र बेन्सन मेडल पनि पाइसकेकी छन्। उनका 17 भन्दा अधिक पुस्तक प्रकाशित छन्।

अन्तरवार्ताकार : वीना गोखले 


कनाडामा बसेर साहित्य लेखिरहेकी अनिता देसाई मानिएकी लेखिका हुन्। र हुन् उनी चर्चित लेखिका किरण देसाईकी आमा पनि। उनले हालै इण्टरनेशनल लिटरेरी ग्राण्ड प्राइज पाइन्। 10,000 डलर राशिको यो पुरस्कार सन् 2000  सालदेखि एक विश्व प्रसिद्ध लेखकलाई उनको जीवनभरको साहित्यिक उपलब्धिहरूका लागि प्रदान गरिन्छ। देसाईअघि यो पुरस्कार पाउनेहरूको सूचीमा नोर्मन मेलर, मार्गरेट एट्वुड, एएस बायएट, अमिताभ घोषअदि सामेल छन्।  बोमगार्टनर्स बम्बेक्लियर लाइट अव् डे  र इन कस्टडी  जस्ता पुस्तकहरूकी चर्चित लेखिका अनिता देसाईसँग वीना गोखलेले लिएकी अन्तरवार्ता शब्दका पाठकहरूका लागि प्रस्तुत गरेका छौं।

अनुवादः शैलेन्द्र समदर्शी


भर्खरै इण्टरनेशनल लिटरेरी ग्राण्ड प्राइ पाउनुभयो, भन्दा अघि 2003 मा बेन्सन मेडल  2014 मा पद्मभूषण तपाईंका लागि यी सम्मानहरूले के महत्त्व राख्दछन् ? अथवा लेख्दा घट्ने संयोग मात्र हो?

(हाँस्दै) यो एक पुरस्कार (इण्टरनेशनल लिटरेरी ग्राण्ड प्राइज) –ले मैले एक अवस्था पार गरिसकेको छु। र, म अब यस्तो उमेरमा छु, जहाँ मलाई केही निश्चित सम्मान दिनै सकिन्छ। त्यसै त पुरस्कार संयोग नै हुन्छ। अप्रत्याशित हुन्छ। तपाईं पुरस्कारलाई ध्यानमा राखेर कदापि लेख्नुहुन्न।

तपाईंको दृष्टिमा साहित्यको उद्देश्य के हो आजभोलि साहित्यको उपयोगितालाई लिएर प्रश्न उठाइरहेको छ। मुख्यगरी कनाडामा।

धेरै लेखक दुइ स्तरमा काम गर्छन्। अवचेतन स्तरमा,  जहाँ ऊ कुनै एजेण्डाअन्तर्गत् काम गर्दैन। ऊ कथा सुनाउन,  शब्दलाई कागजमा उतार्न, कुनै  कुरालाई हराउनबाट बँचाउने दबाउमा लेख्छन्। हो, यसमा तपाईं कुनै भाषालाई प्रयोग गरेको खुशीलाई आँखीओझल गर्न सक्नुहुन्न।

अर्कोतिर चेतनाको स्तरमा, कुनै कृतिलाई लेखिसकेपछि कहिलेकाहीँ त्यसले तपाईंमा अचम्मको स्थितिमा सिर्जना गर्दछ। र, तपाईं आफैलाई भन्नुहुनेछ,  ओ ! के यी सबै यसैका लागि थिए?

तपाईं धेरै वर्षदेखि लेख्नु हुँदैछ। तपाईंद्वारा नै लिखित कुनै त्यस्तो पुस्तक जुन मनपर्दो छ र अझैसम्म तपाईंसितै छ?

हेर्नुहोस्, सधैँ पुस्तकसँग यस्तो हुन्छ, यसलाई पूरा गरेपछि एक अनौठो निराशा महसूस हुँदछ। तपाईंमाथि यो निराशाले छोप्दछ, तपाईंले जे गर्न चाहनु हुन्थ्यो, त्यो हुनसकेन। बाटोमा कहीँ कुनै गलत मोड़ लिइयो।

के यस्तो प्रत्येकपटक हुन्छ?

हजुर प्रत्येकपटक। यस्ता पुस्तक धेरै कमै छन्, जब मलाई अर्के प्रकारको महसुस भयो। जस्तै मेरो एउटा शुरूको पुस्तक थियो – फायर अन् द माउण्टेन ।  यो पहिलो मौका थियो जब मैले आफ्नो आवाज अनुभूत गरेँ।

के यस्तो कुनै पुस्तक छ, जसबाट तपाईं निराश हुनुभएको छ?

अहिले जब म पछि फर्केर हेर्छु, मलाई लाग्दछ, यस्ता धेरै पुस्तक छन्, जसलाई छाप्ने अनुमति मैले प्रकाशकलाई दिनहुन्थेन। आफ्नो शुरूका तीन-चार पुस्तकबारे मलाई यस्तै लाग्छ।

के तपाईं यसलाई लेखनको ट्रेनिङको रूपमा हेर्नुहुन्न?

हजुर, यो त हो तर मलाई लाग्छ पुस्तक छाप्ने हतार गर्नुहुँदैन। यस्तो कुनै दबाव लिन हुँदैन, तपाईं जे पनि लेख्नु हुन्छ ती सबै छाप्नैपर्छ। केही कुरालाई आफूसँगै रहन दिनपर्छ। काश! मैले यस्तो गर्न सकेको भए।

मैले तपाईंको शुरूको पुस्तकहरूमा एक भोइसेज इन द सिटी  पढ़ेको छु। मलाई धेरै मन पऱ्यो। यसमा एक काँचोपन छ। यद्यपि यसमा तपाईंको आवाज र प्रतिभाको झलक पाइन्छ। यसको शैली तपाईँको यसपछि लेखिएका पुस्तकहरूभन्दा धेरै भिन्न छ।

धन्यवाद। यो ओभररिटन अर्थात् धेरै ज्यादा भन्ने पुस्तक थियो। समयसँगै मेरो शैलीमा एक मितव्ययिता आएको छ। अहिले म धेरै आवश्यक मात्र लेख्छु। शायद यस्तो हुनको कारण बढ़्दै गइरहेको उमेरसँगै  घट्दै गइरहेको ऊर्जा हुनसक्छ।

जिन्दगीप्रति समयसँगै परिवर्तित तपाईंको दृष्टिको प्रभाव लेखनमा पनि परेको छ?

निश्चय नै। जब तपाईं युवा हुनुहुन्छ, तब स्वाभाविकै हुन्छ तपाईं आफ्नो अनुभव भावना र जीवनमा चलिरहेको घटनाक्रमहरू लेख्नु हुन्छ। तर जसै जसै उमेर बढ़्दै जान्छ, तपाईं उम्र बढ़ती जाती है,  तपाईं कुरालाई केही टाढ़ाबाट हेर्ने, निजी अनुभवबाट केही पर बसेर ती कुराहरूलाई बुझ्ने/परख गर्ने क्षमता प्राप्त गर्नुहुनेछ।

तपाईँको पछिल्लो पुस्तक द आर्टिस्ट अव् डिसएपियरनेस तीन सानो उपन्यास छ, के यो उपन्यासको नयाँ प्रारूप हो ?.

हजुर। उमेरको यो अवस्थामा यस्तै प्रकारको पुस्तक नै मेरा लागि उपयुक्त हुन्छ। म अब कुनै ठूलो, महान् उपन्यास लेख्न सक्दिनँ। यसका लागि धेरै कुरा दिन सक्नुपर्छ न केवल समय तर धेरै ऊर्जा पनि, जुन मेरो उमेरका लागि उस्तो सम्भव कुरा होइन। अब म अपेक्षाकृत स-साना प्रारूपको कथानकलाई राम्रोसँगले लेख्नसक्छु।

हामीले लेखनसँग जोड़िएका ङ्घर्ष सको प्रक्रियाबारे कुरा गऱ्यौं। आफ्नो अनुभवलाई कसरी हेर्नुहुन्छ?

मलाई लाग्छ, म पनि ती सबै अनुभवबाट पार भइसकेकी छु, जसबाट सबै युवा लेखक एकदिन पार हुनपर्छ। आफ्नो आवाजलाई चिनेर केही आफूलाई खुशी दिनसक्ने केही त्यस्तो लेख्नसक्नु धेरै कठिन कार्य हो। फेरि प्रकाशक र पाठक खोज्नु पनि कठिनै छ। (भारत) स्वतन्त्रताको शुरूका केही वर्ष धेरै कठिन थियो, त्यसबेला प्रकाशक केवल ब्रिटिश या अमेरिकी पुस्तकहरू मात्र पुनः छाप्न चाहन्थ्यो।

र, त्यो समय मैले लेखिरहेकी थिएँ। यहाँसम्म आरके नारायणजस्ता महान् लेखकले पनि आफ्नो पुस्तक आफै प्रकाशित गर्न पर्थ्यो। आफ्नै प्रेस शुरू गर्न परेको थियो। त्यसपछि धेरै उनले प्रसिद्धि पाए। सबैभन्दा ठूलो परिवर्तन सन् 1980-को दशकमा सलमान रुश्दीको मिडनाइट्स् चिल्ड्रेन  छापिएपछि आयो।

र, अहिले त मानौं पुस्तक नै बर्सिरहेको छ।

हजुर, सुनिँदैछ  प्रत्येक पाँच मिनटमा एक भारतीय लेखक जन्मिरहेछ।

लेखनको सुख के हो? धेरै लेखक केवल पीड़ाबारे मात्र कुरा गर्छन्।

निश्चित रूपमा यसमा सुख छ। यसमा भाषालाई प्रयोग गर्न पाउने सुख छ। केही त्यस्तो लेख्नु जुन सार्थक छ,  केही यस्तो जुन पुरै साहसले लेखिय़ो। त्यो दिन जब तपाईं केही राम्रो लेख्नु हुन्छ, त्योभन्दा ठूलो खुशी अन्य केही हुँदैन। तर यस्तो मौका कहिलेकाहीँ मात्र आउँछ। सधैँ होइन।

अर्थात् लेख्नुको सुखको सम्बन्ध अन्तर खुशीसँग छ, न कि प्रशंसा सुन्दा अथवा यसबारे मानिसहरूसित कुरा गर्नुमा। 

हजुर। यस्तै हो। अचेल राइटिङ क्लासमा भर्ना लिन धेरै लोकप्रिय भएको छ। तर मैले कहिल्यै यस्तो क्लास लिइनँ। जब म यसलाई पढ़्छु, आफैलाई प्रश्न गर्छु तँलाई आँट कसरी आयो यस्तो गर्न?

तपाईं राम्ररी जान्नु हुन्छ, लेखनकार्य सिकाएर हुने कुरा होइन। यद्यपि यसको उपयोगिता के छ भने युवा लेखकहरूले काम गर्नका लागि समय र मञ्च पाउँछन्, जसबाट आफैलाई प्रमाणित गर्ने राम्रो सुअवसर प्राप्त हुँदछ। यसबाट केही प्राप्त भएन भने पनि अन्य लेखकहरूसँग बस्न पाउनु निश्चय हौसला बढ़्ने कुरा हो, जुन लेखन मनोस्थितिका लागि राम्रो हो।

 विदेश आएर बस्दा केही परिवर्तन आयो ?

जब म विदेशमा आएर बसेँ, तब मेरा सम्पर्क ती कुराहरूसँग विच्छेद भयो, जसलाई तपाईं र-मटेरियल भन्न सक्नु हुनेछ। ती सबै कुरा जसलाई म मज्जाले जान्दछु, जसको बारेमा पूर्ण आत्मविश्वासले लेख्नसक्थेँ। भ्रमण गर्नु र विदेशमा बस्नु दुइ बेग्ला बेग्लै कुरा हो। कसैलाई पनि लाग्दछ, केही ठीक भइरहेको छैन। तर तपाईं केवल सोचिरहनु हुन्छ।  यस्ता र-मटेरियललाई गुमाउनु धेरै ठूलो कुरा हो।

म भारत आउजाउ गरिबस्छु। मेरो परिवार त्यहाँ छन्। तर मलाई लाग्छ, अब ठूलो खाड़ल बनिसकेको छ, जुन शनैः शनैः बढ़्दै जाँदैछ। र, मलाई लाग्छ त्यहाँ मानिस र उनीहरूको जिन्दगीबारे बोल्नु मेरा कुनै अधिकार छैन। यो ठीक त्यस्तै कुरा हो, उनीहरूलाई म यहाँ (विदेशमा) कस्तो अनुभवबाट पार भइरहेको छु जान्दैनन्।

डायस्पोरा अर्थात् प्रवासीमाथि लेखनबारे तपाईं कस्तो सोच्नु हुन्छ?  अथवा तपाईंको उपन्यास त्यही चरणको हुनेछ, जसलाई तपाईंले भोग्नु र बाँच्नु भयो?

अतीतबारे लेख्नु धेरै जोखिमपूर्ण कार्य हो। नोस्टेल्जियाको माखेसाङ्गोमा फँस्ने डर सबैभन्दा ठूलो हुन्छ। यो एउटा विकृति हो। सत्य र सटिक भने होइन। तपाईं भावुकता अथवा स्मृतिमा लिप्त हुनुहुन्छ। लेखिरहेको समय धेरै दृढ़ बन्न आवश्यक छ।  डायस्पोराको सम्बन्ध  संसारमा ठूलो परिमाणमा भइरहेको माइग्रेशनको कारणसँग छ,  जुन इतिहासमा सबैभन्दा धेरै र लोकप्रिय विषय बनेर हुर्किरहेको छ।

तर अहिलेसम्म मैले यसमा सहज अनुभव गर्नसकिरहेको छुइनँ। यसले मलाई आकर्षित गर्छ तर यो मेरा विषय भएकै छैन। लामो समयको निर्वासनबारे लेख्न पाउनु ठूलो कुरा हो। जस्तो भी.एस नयपालले गरे। यद्यपि यो काम सजिलो भने छैन।

पश्चिममा बसेको कति वर्ष भइसक्यो?

25 वर्ष भयो। तर पूर्ण रूपले होइन।

मैले कतै पढ़ेको थिएँ, मेक्सिको तपाईंलाई घरजस्तै लागेको थियो।

हजुर, धेरै अर्थमा यो भारतजस्तै छ। मेक्सिको पनि एक प्राचीन देश हो। त्यहाँ पनि प्रत्येक ढुङ्गाको आफ्नो इतिहास छ। यहाँ अमेरिकामा यस्तो पाइँदैन। यहाँ संसारका धेरै ठाउँका मानिसहरू आएर बसेका छन्, यसमा त केही कुनै उद्देश्यबिनै आएका थिए।

एक प्रश्न जुन तपाईँलाई धेरैपटक सोधिएको छ तर पनि म सोध्नेछु – लेखकहरूलाई के सल्लाह दिन चाहनुहुन्छ?

लेखकहरूले संसारसित एक निश्चित दूरी राख्नपर्छ। कुनै कुरा अभिव्यक्त गर्नअघि,  संसारसित जोड़िनअघि भित्र के छ खोजून। यो जानून भित्र के छ। तपाईं के भन्न चाहनुहुन्छ र त्यसलाई तपाईं कसरी लेख्नु हुन्छ। यहाँ म मेरी छोरी (किरन देसाई) -को बारेमा भन्न चाहन्छु, उनले आफ्नो पुस्त  द इनहेरिटेन्स अव् लस  10 वर्षमा लेखेकी हुन्। र अर्को पुस्तक लेख्न उनलाई 7 वर्ष लाग्यो। यसो भन्नुको अर्थ यति हो, लेखकहरूले आफूभित्र एउटा संसार निश्चय नै  बनाऊन्।


द वायर-बाट साभार

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया