विनय तामाङले  दिए वचन : 2019 भित्र दिने सिन्कोनावासीलाई  पर्जा-पट्टा

सिटोङको एउटा कार्यक्रममा  उनले चियाश्रमिक तथा सिन्कोनावासीलाई  2019-भित्र नै पर्जा-पट्टा दिने घोषणा पनि गरे। ‘सरकारसित कुरा भइसेको छ। सरकार सकरात्मक छ,’ उनले भने, ‘यसपालि अमरसिह राईलाई जिताउनुपर्छ।  16 मार्च तृणमूल काङ्ग्रेस र गोजमुमोको सिलगढीमा बैठक छ।’


दार्जीलिङ, 15 मार्च


गोरामुमोले 1950-मा भारत-नेपाल मैत्री सम्झौताको धारा 7 जलाउँदा 12 सय सहिद बनेका थिए। छुट्टै राज्य विरोधी तृणमूल काङ्ग्रेसको टिकटबाट आउनो उम्मेदवार दिने विनय तामाङले आज छुट्टै गोर्खाल्यान्डको सबैभन्दा ठूलो बाधा 1950-मा भारत-नेपाल मैत्री सम्झौता रहेको व्याख्या गरेका छन्।

‘भारतीय गोर्खा जातिमाथि लाग्ने विदेशीको लाञ्छनाबाट मुक्त हुनु हो भने 1950-मा भारत-नेपाल मैत्री सन्धिलाई संशोधन गरेर धारा 7-लाई हटाउनु पर्छ,’ तामाङले भने, ‘धारा 7 हट्यो भने गोर्खाल्याण्ड हुन्छ।’

सिटोङको एउटा कार्यक्रममा  उनले चियाश्रमिक तथा सिन्कोनावासीलाई  2019-भित्र नै पर्जा-पट्टा दिने घोषणा पनि गरे।

‘सरकारसित कुरा भइसेको छ। सरकार सकरात्मक छ,’ उनले भने, ‘यसपालि अमरसिह राईलाई जिताउनुपर्छ।  16 मार्च तृणमूल काङ्ग्रेस र गोजमुमोको सिलगढीमा बैठक छ।’

उनले 17 मार्चको दिन दार्जीलिङ हिल तृणमूल काङ्ग्रेसका नेतृत्ववर्ग, जातगत विकास बोर्डका अध्यक्ष-उपाध्यक्षहरूसित, 19 मार्चको दिन लेबोङको गोर्खा स्टेडियममा गोजुमो र तृणमूल काङ्ग्रेसको कर्मीसभा हुने पनि जनाए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया