गोरामुमोको साङ्गठनिक गतिनिधि तीब्र

कालेबुङ, 16 मार्चलोकसभा चुनाउलाई केन्द्र गर्दै गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले साङ्गठनिक गतिविधि तीब्र पारिरहेको छ। दलका अध्यक्ष मन घिसिङको निर्देशमा आज गोरामुमो कालेबुङ कार्यकारिणी समितिले गोरामुमो युवा एकाई र नारी एकाईँबाट  प्रतिनिधिहरू चयन गरेको छ।

कालेबुङ बाघधारा परिसरमा बसेको बैठकमा निक्कै लामो चर्चा-परिचर्चापछि सर्वसम्मतिले गोरामुमो युवा एकाईको केन्द्रिय अर्गनाइजिङ कमिटीमा प्रशान्त सुब्बा, बुद्ध तामाङ, साङगे शेर्पा, रोहित राई, लाक्पा तामाङ, श्याम गौतम अनि प्रणय थापा चयन भएका छन्। यसैगरी गोरानास केन्द्रिय अर्गनाइजिङ कमिटीमा शकुन्तला मेरी , उमा राई , मन्जु गुरुङ , अन्जु तामाङ, शकिला शेर्पा अनि सुभद्र राई चयन भएका छन् ।

मनोनित सदस्यहरुलाई शुभकामना दिदै गोरामुमो कालेबुङ कार्यकारिणी सहसचिव लोपसाङ लामाले अब गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशन अनुसार काम गर्ने साथै कालेबुङमा गोरामुमो युवा एकाई र गोरानासलाई अघि बढाएर लाने अनि आगमी लोकसभा चुनावलाई मध्यनजर गर्दै जाति र माटोको निम्ति काम गर्ने निर्देश पनि दिए। यसका साथै गोरामुमो कालेबुङ कार्यकारिणी कमिटी सदैव युवावर्ग अनि गोरानासलाई साथमा लिएर काम गर्ने भएको गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले प्रेस विज्ञप्ति जारी गर्दै बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया