मोर्चाको साङ्गठिक गतिविधि तीब्र: 35 नम्बर समष्टिका नारी अनि युवा मोर्चाको को-अर्डिनेसन कमिटी गठन

कालेबुङ, 17 मार्च: कालेबुङ जिल्लाको 35 नम्बर समष्टिका पार्टी कार्यकर्ताहरूलाई लिएर गोजमुमोको साङ्गठनिक सभा सम्पन्न भयो। स्थानीय दलीय कार्यालयमा सम्पन्न सभाअवधि  21-21 जनाको नारी अनि युवा मोर्चाको को-अर्डिनेसन कमिटी गठन गरियो। विशेष गरी आगामी लोकसभा चुनाउलाई केन्द्र गर्दै तृणमूल स्तरसम्म अमरसिंह राईको पक्षमा भोट प्रचार गर्ने उद्देश्यले कमिटी गठन गरिएको हो।

समष्टि कार्यकारी अध्यक्ष विनय घिसिङको अध्यक्षतामा सम्पन्न सभामा जिल्ला सचिव गायत्री मुखिया, युवा अध्यक्ष बिदुर राई, सचिव अमीर बस्नेत, नारी मोर्चा अध्यक्ष कल्पना तामाङ, सचिव सुनिता प्रधान आदिको विशेष उपस्थिति थियो। सभामा कार्यकर्ताहरूलाई चुनाउ सम्बन्धी दिशा निर्देश गरिएको अनि 35 नम्बर समष्टिबाट मोर्चाले राम्रो परिणाम ल्याउने पार्टीका जिल्ला प्रवक्ता भुवन. पी खनालले दावी छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया