विद्यार्थी मोर्चाको सभा

कालेबुङ, 17 मार्च: आगामी लोकसभा चुनाउलाई केन्द्र गर्दै विद्यार्थी मोर्चा केन्द्रिय समितिको सभा  गोजमुमो पार्टी कार्यालयमा सम्पन्न भयो। विद्यार्थी मोर्चा जिल्ला अध्यक्ष दिपेन छेत्री, सचिव प्रजय राई आदिको विशेष उपस्थितिमा सम्पन्न सभामा कालेबुङ कलेज युनिट र खण्ड-1 का विद्यार्थीहरूलाई लिएर लोकसभा चुनाउ अनि कलेजका कतिपय समस्याहरूबारे चर्चा-परिचर्चा गरियो।

विद्यार्थी मोर्चा जिल्ला अध्यक्ष दिपेन छेत्रीले सभाबारे जानकारी गराउँदै लोकसभा चुनाउमा विद्यार्थीहरूले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। आगामी दिनमा गोजमुमो समर्थित उम्मेद्वारलाई जिताउनका निम्ति विद्यार्थीहरूले निर्वाह गर्नपर्ने आवश्यक कार्यहरू गर्न आफूहरू तयार रहेको पनि उनले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया