राजनीतिमा नयाँ मोड : होस् उड्न सक्छ विनय-तृणमूल खेमाको

‘दार्जीलिङ, तराई-डुवर्सका मानिसहरूको बृहत्तर स्वार्थलाई ध्यानमा राखेर गोजमुमो-गोरामुमो एक भएको हो’,  गिरीले भने, ‘दुवै दलले आज (मङ्गलबार) संयुक्त पत्रकार सम्मेलन गर्नेछन्।’


दार्जीलिङ, 19 मार्च


अचानक राजनीतिले अर्को मोड लिएको छ। साझा मञ्च बनाएर क्रामाकपाले आरबी राईको निम्ति रोटी सेकेपछि  साझा मञ्चले सहमति बनाउन सकेन। बरू जापले हर्कबहादुर छेत्री र गोरामुमोले महेन्द्र पी. लामा र मुनिस तामाङको कुरा निकालेर अझ  असहमतिको परिस्थिति बन्यो।

बिग्रिएको माहौल बनाउन एनजीसीले प्रयास गरे पनि निर्णय हुन सकेन। भोलि पार्टी अध्यक्षहरूको अर्को बैठक हुनेछ। यता अचानक गोरामुमो र विमल समूह गोजमुमोको मिलेर चुनाउ लड्ने घोषणा भएको छ। दुवै पार्टीले आज दिल्लीमा 2 बजी संयुक्तरूपमा पत्रकार सम्मेलन गरेर अडान राख्ने भएको छ।

दार्जीलिङको राजनीतिमा यी दुवै प्रमुख दल हुन्। यसै पनि विमल-मनको गठबन्धन लोकसभा चुनाउमा ठूलो फ्याक्टर हुने बताइएको छ। सोमबार राति भूमिगत अवस्थामा रहेको गोजमुमो महासचिव रोशन गिरीले सन्देश पठाएर दुवै दलबीच सहमति बनेको खुलाएका हुन्। जसलाई गोरामुमो नेता निरज जिम्बाले पनि पुष्टि गरेको छन्। गोरामुमो-गोजमुमोको यो मिलनले विनय-तृणमूल खेमाको होस् उड्न सक्छ। किन भने यी दुवै पार्टी पहाडको वृहत्तर पार्टी हो। दुवै पार्टी जनताको मुद्दाको रक्षार्थ अघि आएको छ।

‘दार्जीलिङ, तराई-डुवर्सका मानिसहरूको बृहत्तर स्वार्थलाई ध्यानमा राखेर गोजमुमो-गोरामुमो एक भएको हो’,  गिरीले भने, ‘दुवै दलले आज (मङ्गलबार) संयुक्त पत्रकार सम्मेलन गर्नेछन्।’

गोजमुमो र गोरामुमोको गठबन्धनले पहाड़को राजनीतिक परिदृश्य परिवर्तन हुने तय भएको छ। सन् 2007 –मा गोजमुमोको उदयपछि गोरामुमो र गोजमुमो एकाअर्काका कट्टर विरोधी थिए। यद्यपि यो राजनीतिक मतभेद र शत्रुता बिर्सेर यी दुई दल मिलेका छन्।

अर्कोतिर विमल गुरुङपन्थी गोर्खा जनमुक्ति युवा मोर्चाले पनि यो गठबन्धनलाई स्वागत जनाउँदै पहाड़का दुई प्रमुख राजनीतिक दलले आ-आफ्नो राजनीतिक मतभेद र महत्त्वाकांक्षा त्यागेर जातीय अस्मिता बचाउन एकसाथ खड़ा हुने लिएको निर्णयलाई समयसापेक्ष बताएको छ।

युवा मोर्चाले पार्टी अध्यक्ष विमल गुरुङलगायत सबै नेतृत्ववर्ग तथा गोरामुमोका अध्यक्ष मन घिसिङ, प्रवक्ता नीरज जिम्बालगायत सम्पूर्ण नेतृत्ववर्गप्रति आभार पनि प्रकट गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया