पछि सऱ्यो एनजीसीले डाकेको बैठक : पछि सर्नुको कारण गोरामुमो-गोजमुमो गठबन्धन

 ‘गोरामुमो र गोजमुमोको गठबन्ध गोर्खाहरूको हितमा छ। एनजीसी ठान्छ, यो गठबन्धित शक्ति गोर्खा विरोधीहरूसित लड्न सक्षम हुनेछ। एनजीसीले सधैँ गोर्खा जातिको हितमा काम गर्दै आइरहेको छ अनि सँधै गर्नेछ।’


दार्जीलिङ, 18 मार्च


राष्ट्रीय गोर्खाल्याण्ड कमिटीले 20 मार्चको दिन दार्जीलिङमा डाकेको साझा मञ्चको बैठकलाई पछि सारेको छ। 18 मार्चको दिन एनजीसीले सिलगढीमा साझा उम्मेदवारमा सहमति बनाउन एउटा बैठक बोलाएको थियो, जहाँ ठानिएको सहमति बनेन।

20 मार्चको दिन सहमति बनाउन साझा मञ्चमा रहेका पार्टीका अध्यक्षहरूलाई बोलाइएको थियो तर आज गोरामुमो-गोजमुमोबीचको गठबन्धनको खबर आएपछि एनजीसीले 20 को बैठकलाई स्थगित गरेको छ।

एनजीसीका अध्यक्ष शक्ति गुरुङले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘गोरामुमो र गोजमुमोको गठबन्ध गोर्खाहरूको हितमा छ। एनजीसी ठान्छ, यो गठबन्धित शक्ति गोर्खा विरोधीहरूसित लड्न सक्षम हुनेछ। एनजीसीले सधैँ गोर्खा जातिको हितमा काम गर्दै आइरहेको छ अनि सँधै गर्नेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया