‘भाजपाका उम्मेद्वारलाई सुकुनामा नै चेक पोष्ट लगाएर रोक्नेछौ’

‘राज्यकी मुख्यमन्त्रीले दार्जीलिङ आसनबाट लोकसभा चुनाउको लागि उम्मेद्वार घोषणा गर्नअघि भनेकी थिइन्, दार्जीलिङ गोर्खाको हो र यस आसनमा गोर्खा उम्मेद्वार नै उठ्नुपर्छ,’ तामाङले भने, ‘दार्जीलिङ लोकसभा आसनमा तृणमूल कङ्ग्रेस र हाम्रो उम्मेद्वारको प्रतिद्वन्दिता कसैले गर्न सक्दैन। गोरामुमो र विमल गुरूङपन्थी गोजमुमोले दार्जीलिङ आसनबाट भाजपा उम्मेद्वार खडा गरे, फोरफिट बनाएर पठाउनेछौं।’


दार्जीलिङ, 19 मार्च


तृणमूल उम्मेदवार अमरसिंह राईको पक्षमा तृणमूल काङ्ग्रेस र विनय तामाङसमूहले लेबोङस्थित गोर्खा स्टेडियममा कर्मीसभा गऱ्यो।  कर्मीसभामा बोल्दै विनय तामाङले उत्तर प्रदेशमा समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीले एक बनेर नयाँ राजनैतिक उदाहरण पेश गरिसकेको र पहाडमा आफ्नो समूह र तृणमूल काङ्ग्रेसले अर्को राजनैतिक उदाहरण प्रस्तुत गरेको दाबी गरे।

उनीहरूको गठबन्धनलाई राज्यका मन्त्री वा तृणमूल काङ्ग्रेसका नेता अरूप विश्‍वासले विकास र पहाडको गठबन्धनको संज्ञा दिए।

दार्जीलिङ पहाडले विगत धेरै वर्षदेखि गुमाइरहेको लोकसभाको आसन यसपालीदेखि पहाडकै हातमा आएको बताउँदै विनय तामाङले मुख्यमन्त्री ममता व्यानर्जीलाई धन्यवाद दिए। ‘राज्यकी मुख्यमन्त्रीले दार्जीलिङ आसनबाट लोकसभा चुनाउको लागि उम्मेद्वार घोषणा गर्नअघि भनेकी थिइन्, दार्जीलिङ गोर्खाको हो र यस आसनमा गोर्खा उम्मेद्वार नै उठ्नुपर्छ,’ तामाङले भने, ‘दार्जीलिङ लोकसभा आसनमा तृणमूल कङ्ग्रेस र हाम्रो उम्मेद्वारको प्रतिद्वन्दिता कसैले गर्न सक्दैन। गोरामुमो र विमल गुरूङपन्थी गोजमुमोले दार्जीलिङ आसनबाट भाजपा उम्मेद्वार खडा गरे, फोरफिट बनाएर पठाउनेछौं।’

तामाङले भाजपालाई हराउनको लागि उनले हरसम्भव प्रयास गर्ने बताए।  उनले अलिपुरद्वार, कुचबिहार, जलपाइगढीका साथै मालदामा राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीसित चुनाउ प्रचार अभियान चलाउने भन्दै 10 अप्रेल गोजमुमोले स्थानीय मोटर स्ट्याण्डमा राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीको मुख्य उपस्थितिमा विराट चुनावी जनसभा गर्ने घोषणा गरे।

उनले तृणमूल उम्मेदवार अमरसिंह राईले 23 मार्चको दिन आफ्नो मनोनयन पत्र जमा गर्ने बताएका छन्। यता अनित थापाले भाजपाका उम्मेद्वारलाई सुकुनामा नै चेक पोष्ट लगाएर रोक्ने घोषणा गरे।

‘अब गोर्खा जातिले मनको होइन, दिमागको सुन्नुपर्छ। किनभने, तृणमूल काङ्ग्रेस कहिले पनि गोर्खा विरोधी थिएन, यो अमरसिंह राईलाई आफ्नो उम्मेद्वार बनाएर प्रमाणित गरेको छ,’ थापाले भने।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया