‘फर्क शरण, तिमी आफ्नो गुँड़मा फर्क, कलम पेटको निम्ति नबेच’

Girl in a jacket

प्रतिक्रिया

भाजपालाई कटाक्ष गर्नुभन्दा पहिले शरणले तृणमूल काङ्ग्रेसको पृष्ठभूमि हेरेको असल हुनेछ भन्ने लाग्यो। भाजपाले आश्वासनमा भुल्याए पनि तृणमूल काङ्ग्रेसले जस्तो कसैको सिन्दुर पुछिदिएको छैन। कसैलाई टुहुरो बनाएको छैन। कसैको घर उजाड़ पारिदिएको छैन। कसैको घर कुड्की गर्न लगाएको छैन। कसैलाई उच्छेद गरेको छैन। शरणलाई प्रश्न गर्न मन लाग्यो, आश्वासनमा भुल्याउने ठूलो अपराधी कि यी माथि लेखिएका कुराहरू गर्न लगाउने ठूला अपराधी? तिम्रो बौद्धिकताले के भन्छ शरण?


देव खम्बु राई


मेरो एकजना धेरै मिल्ने साथी छ। हामी एकाअर्कालाई  ‘सर – सर’ भनेर सम्बोधन गर्छौं।

उनले भर्खरै मलाई फोन गरेर सोधे – “सर तपाईंले शरण गुरूङको आजको लेख पढ़नुभयो?’

मैले पढ़ेकै थिइन यसैले ‘अहँ’ भनें।

उनले भने – ‘म तपाईलाई लिङ्क पठाइदिन्छु पढ़्नुहोस है।’

मैले ‘हुन्छ’ भनें।

फोनमा बात मारिसकेको केहिबेर पछि मोबाइलमा मेसेजको टोन बज्यो। लिङ्क आएको रहेछ। लिङ्कमा गएर लेख पढ़ें। लेख निकै लामो रहेछ। त्यो लेख पढ़िसकेपछि दुई चार कुरा प्रतिक्रिया स्वरूप नलेखी बस्न सकिनँ।

शरण एक कवि हुन्। तिनको साहित्यिक नाम शरण मुस्कान हो। तिनको कविता प्रेमलाई मेरो सलाम छ। म आफै पनि कहिले काहीँ कविता कोर्ने भएकोले कविहरूलाई म सम्मानको दृष्टिले हेर्दछु। मलाई मनपर्ने अहिलेको कविहरूमा मनोज बोगटी, राजा पुनियानी, प्रदीप लोहागुण, सुवास सोताङ, उमेश परियार, रमेश थापा, टिका भाइ हुन्।

मलाई लाग्छ – कविहरू धेरै संवेदनशील हुन्छन् अथवा यसो भनौं संवेदनशील व्यक्ति नै कवि हुन्छन्। कविहरू जातिप्रेमी हुन्छन् भन्ने मेरो अर्को सोच हो। तर आज शरण गुरूङको लेख पढ़िसकेपछि कता – कता मलाई मेरो सोचबारे अझ सोच्नुपर्ने हो कि? जस्तो लाग्यो।

शरणले आफ्नो लेखमा धेरै जस्तो भाजपालाई कटाक्ष गरेका रहेछन्। भाजपालाई कटाक्ष गर्नुभन्दा पहिले शरणले तृणमूल काङ्ग्रेसको पृष्ठभूमि हेरेको असल हुनेछ भन्ने लाग्यो। भाजपाले आश्वासनमा भुल्याए पनि तृणमूल काङ्ग्रेसले जस्तो कसैको सिन्दुर पुछिदिएको छैन। कसैलाई टुहुरो बनाएको छैन।

कसैको घर उजाड़ पारिदिएको छैन। कसैको घर कुड्की गर्न लगाएको छैन। कसैलाई उच्छेद गरेको छैन। शरणलाई प्रश्न गर्न मन लाग्यो, आश्वासनमा भुल्याउने ठूलो अपराधी कि यी माथि लेखिएका कुराहरू गर्न लगाउने ठूला अपराधी?

तिम्रो बौद्धिकताले के भन्छ शरण?

पहाडको जनतालाई भाजपाले देखाएको सपना पुरा गरेन, ठिकै छ। आउँदा दिनहरूमा त्यो सपना पुरा गर्न हामी सबैले अझ धेरै चाप दिन सक्छौं। तर के तृणमूल काङ्ग्रेस सरकारले शहीद बनाएका हाम्रा शहीदहरू हामी फर्काएर ल्याउन सक्छौं शरण?

के सिन्दुर पुछिएको हाम्रो चेलीको चित्कार तिमी फर्काउन सक्छौ, वा अमरसिंह राईले फर्काइदिन्छ? टुहुरो बालक र वृद्धावस्थामा रहेका आमा – बाबाको आँखाबाट बगेको आँशुका धाराहरू फर्काउन सक्छौ शरण?

शरण तिमीले अहिले जे लेख्दैछौ त्यो तिमी आफ्नो पेटपालोको निम्ति लेख्दैछौ। मलाई थाहा छ, तिमी अहिले बिनय तामाङको कर्मचारी हौ। यसैले विनय तामाङलाई खुशी पार्न तिमीले एक दुई कुरा त लेख्नै पऱ्यो। हुन त तिमीले बिमल दाजुको पनि बिरोध गर्न सक्तैनौं।

यसैले यो लेखमा पनि दाजुको बिरूद्धमा केही नराम्रो लेखेनौ। तिमीलाई थाहा छ – मलाई पनि थाहा छ, त्यो ल्यापटप्, त्यो क्यामेरा, रन्जुभेलीमा पाठशाला खोल्नको निम्ति दाजुले गरेको सहयोग इत्यादिबारे।

अहिले पनि समय छ शरण – यसरी आफ्नो कलमलाई बन्दकी नबनाउ। स्वतन्त्र उड़्न देउ यसलाई जसरी खुला आकाशमा पंक्षीहरू पखेटा फैलाएर उड़्छन्। फर्क आफ्नो गुँड़मा फर्क। हाम्रो जाति आफै कोइली चरी हो। हामीले हाम्रो गुँड़ आफै निर्माण गर्नुपर्छ। कागको गुँड़लाई आफ्नै गुँड़ सम्झने भूल गर्नु हुँदैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया