सिरवानी स्कूलकी छात्राले जितिन बक्सिङमा स्वर्ण पदक

सिङ्ताम, 20 मार्च। सिरवानी माध्यमिक पाठशालाकी छात्रा प्रभा गजमेरले बक्सिङमा फेरि स्वर्ण पदक हासिल गरेकी छन्। राज्य सरकारद्वारा गान्तोक वाइट हलमा गत 18 मार्चदेखि शुरु गरिएको स्टेट लेभल स्कूल मीट बक्सिङ खेलको आज सम्पन्न 48 केजी बक्सिङ फाइनलमा 14 वर्षीय प्रभा गजमेरले उत्तर सिक्किमकी प्रतियोगी लिला सुब्बालाई पराजित गर्दै स्वर्ण पदक हासिल गर्न सक्षम बनेकी छन्। मोहन कुमार गजमेर अनि भीम माया गजमेरकी छोरी प्रभा गजमेरको प्रशिक्षक प्रीतम सिलाल हुन्। स्मरणरहोस्, फर्स्ट इष्ट जोन बक्सिङ नेशनल च्यामपियनशीप 2019 –को म्याच खेल्न प्रभा भोलि 21 मार्चको दिन गोलाघाट आसम प्रस्थान हुँदैछिन्। -नन्दु दुतराज
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया