हाम्रा मागहरू भाजपाको मेनिफेस्टोमा आउनुपर्छ भनेका छौं-विमल : ‘के हामी आपस्तमा जुझेर लडेर नै बस्ने त? -मन घिसिङ

‘भाजपासित हाम्रो कुरा भइसकेको छ। हाम्रा मागहरू भाजपाको मेनिफेस्टोमा आउनुपर्छ भनेका छौं,’ गुरूङले भिडियो जारी गर्दै भनेका छन्, ‘यसपालिको चुनाउमा बङ्गालको दमन, जाति र माटो विरोधीहरूलाई सबै मिलेर जवाब दिनुपर्छ। यसैले जातिलाई परेको बेला जाति बचाउन कसैले पनि केही नसोची एक बनिदिने अपिल गर्छु।’


दार्जीलिङ, 22 मार्च


विमल गुरूङले जाति र मुद्दा बचाउनको लागि जसरी गोरामुमो र गोजमुमो एक भयो, त्यसरी नै सबै राजनैतिक दल, सङ्घसंस्था, सचेत, बुद्धिजीवी, साहित्यकार, कलाकारहरूलाई एक भइदिने अपिल गरेका छन्।

‘भाजपासित हाम्रो कुरा भइसकेको छ। हाम्रा मागहरू भाजपाको मेनिफेस्टोमा आउनुपर्छ भनेका छौं,’ गुरूङले भिडियो जारी गर्दै भनेका छन्, ‘यसपालिको चुनाउमा बङ्गालको दमन, जाति र माटो विरोधीहरूलाई सबै मिलेर जवाब दिनुपर्छ। यसैले जातिलाई परेको बेला जाति बचाउन कसैले पनि केही नसोची एक बनिदिने अपिल गर्छु।’

गुरूङले 11 जातले जनजातिको मर्यादा पाएपछि गोजमुमोले छैटौं अनुसूचीको गोरामुमोको एजेन्डालाई समर्थन गर्ने पनि बताएका छन्।

‘जतिखेर विरोध गर्छुपर्थ्यो हामीले गऱ्यौं। तर अहिले गोरामुमोको एजेन्डाको लागि आधार पनि बनिसकेको छ,’ गुरूङले भनेका छन्, गोरामुमोलाई हामीले सहयोग गर्छौं भनेका छौं।’

गोरामुमो र गोजमुमो मिलेर भाजपामा 11 जात गोष्ठीले जनजातिको मर्यादा पाएपछि छैटौं अनुसुचीको निम्ति दवाब बनाउने सङ्केत बिमल गुरूङले दिएका छन्। गोरामुमोले विमल गुरूङलाई 11 जनजातिको मर्यादापछि छैटौं अनुसूचीको लागि गोरामुमो-गोजमुमोले केन्द्रमा दवाब बनाउनेबारे सहमतिमा ल्याएको अनुमान पनि उनको भिडियो क्लिप हेर्दा गर्न सकिन्छ।

गुरूङले पहाडका सबै दलहरूको नाम लिएका छन्। आरबी राई, हर्कबहादुर छेत्री, रिसिका छेत्री, अजय दाहाललगायत सबै नेताहरूको नाम लिँदै सबैलाई एक भइदिन आह्वान गरेका छन्। उनले तृणमूल नेताहरूको पनि नाम लिएका छन्।

‘पहाडका तृणमूल नेताहरूले जति नै काम गरोस् पनि फल खाने अरू नै,’ उनले भने, ‘यतिञ्जेल अर्काको लागि गर्नु भयो, अब जातिको लागि गर्नुहोस्।’।

गुरूङले चुनाउ अघि नै पहाड आउने वाचा पनि गरेका छन्।  ‘मैले कानूनलाई कदर गर्दै आएको छु,’ उनले भने, ‘प्रतीक्षा गर्नुहोस्, म चुनाउभन्दा अघि नै पहाड आउँछु।’ सबै मिलेर यसपालि मुद्दा र जातिलाई बेच्नेहरूलाई सबक सिकाउनुपर्ने पनि उनले बताएका छन्।

यता गोरामुमो अध्यक्ष मन घिसिङले दार्जीलिङको राजनैतिक परिवेश नै परिवर्तन गर्ने बताएका छन्।

‘विगतका दिनहरूमा पहाडमा भएको आपसी अन्तरकलहहरूलाई मैले लामो समय सम्म अध्ययन गरे बुझें र सम्झें ।  मेरो आप्पाको मुल मन्त्र नै पार्टी भन्दा जाति ठूलो जाति भन्दा माटो ठूलो- लाई मैले सिरोपर गरें,’ घिसिङले भनेका छन्, ‘के हामी आपस्तमा जुझेर लडेर नै बस्ने त? हामी आपस्तमा जुझ्दा लडदा आज हामीलाई छिन्न-भिन्न बनाएको छ। सबै राजनैतिक दलका शीर्ष प्रतिनिधि बर्गहरूलाई प्रश्न मेरो के साच्चै नै पहाडमा गणतन्त्र छ त?’

उनले आपसी अन्तरकलहलाई भुलेर बद्लाको भवनालाई त्यागेर जातीय एकताको निम्ति पहल गरेकोबताएका छन्।

‘हामीले केन्द्र र राज्यलाई जवाब दिने बेला आएको छ। हामीमाझमा एकता थिएन र बिगतको दस वर्षसम्म हाम्रो कुनै पनि मुद्दाहरूको सुनवाई भएन,’ उनले भनेका छन्, ‘पहाड, तराई अनि  डुवर्समा बस्ने  विभिन्न समुदायहरूलाई यसपालिको लोकसभा चुनाउमा भाईचारा, एकता र अस्मिताको निम्ति भोट दिने अपील गर्दछु।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया