‘हामी गोजमुमोमा सामेल भएका छैनौं, सामाचार गलत हो’

कालेबुङ, 22 मार्च


हिमालयन फरेष्ट भिलेजर्स अर्गनाइजेशन कालेबुङका मुख्य संयोजक चन्द्रबहादुर प्रधान र अन्य गोजमुमोमा सामेल नभएको बताएका छन्।

‘स्थानीय गोजमुमो प्रतिनिधिवर्ग जीतबहादुर तामाङज्युको घरमा आएकै हुन्। आएर यहाँका टिएमसी क्याडरहरूलाई गोजमुमो-2 मा सामेल हुन भनिदिनोस् भनेर प्रस्ताव राखेका हुन्,’ प्रधानले भनेका छन्, ‘तर हामी सङ्गठनको प्रतिनिधि भएको कारण कसैलाई कुनै पार्टिमा जानु वा नजानु भन्न सक्तैनौं। ‘यदि उनीहरू खुशीले गयो भने हाम्रो भन्नु केही छैन’ भनीदिए पछि तीनजना भाइहरूलाई बोलाएर झण्डा समात्नु लगाएका हुन्।’

प्रधानअनुसार यतिबेला उनलाई पनि छेउमा बसिदिने आग्रह गरिएको थियो। खदा पनि लगाए। ‘केही भनिदिनुहोस् भनेपछि हामीले तपाईँहरूको पार्टीको घोषणापत्रमा हाम्रो बनबस्तीको केही उल्लेख छैन। हामी कुनै पार्टीलाई सोझै सघाउन असमर्थ छौं’ भनिदिएँ,’ प्रधानले भने, ‘उनीहरूले हामीलाई यसपल्ट सघाई दिने अनुरोध गरे अनि जे जे कुराहरू भयो त्यसबारे फेसबुक र पत्रिकातिर नदिने कुरा पनि अजय प्रधानले गरेका हुन्।’

तर अचानक एउटा पोर्टलमा उनीहरू गोजमुमोमा सामेल भएको खबरआएपछि प्रधानले यस्तो स्पष्टिकरण दिएका छन्।

‘त्यसरी छापिएको खबरले हामीलाई आघात पुगेको छ। जुन कुराहरू भएको थियो त्यो मात्र लेखिनु पर्ने थियो तर यसरी उल्टा पाल्टा गरेर न्युज आयो,’ उनले भने, ‘हामी व्यक्तिगत र सङ्गठनलाई आघात पुग्ने कुराहरूको हामी घोर विरोध गर्दछौं। सरी कुनै राजनैतिक पार्टीले हाम्रो सङ्गठनलाई आघात पुग्ने यस्तो गलत समाचार नगरिदिने अनुरोध गर्दछु।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया