दार्जीलिङ सिटमा भाजपाको उम्मेदवार को?

गोजमुमो-गोरामुमोले जाति र मुद्दालाई पनि बचाउने अनि केन्द्रको लागि बाटो पनि बनाइराख्ने कुटनीति चलिरहेको देखिएको छ। केन्द्रमा भाजपा कै सरकार आएको खण्डमा सबै दलले एउटै मञ्चमा आएर केन्द्रलाई दवाब दिन सक्ने सम्भावनालाई नै केन्द्रमा राखेर गोजमुमो-गोरामुमोले रणनीति अघि बढाइरहेकै छ।


सिलगढी, 23 मार्च


प्रदेश भाजपाका उम्मेदवारहरूको सूची 25 मार्चसम्ममा आइसक्ने भएको छ।  भाजपा राष्ट्रीय सचिव राहुल सिन्हाले भनेअनुसार बङ्गालमा 28 जना उम्मेदवारहरूको नाम 25 मार्चसम्ममा अघि आइसक्नेछ। त्यसमा दार्जीलिङ सिटका उम्मेदवार पनि हुनेछन्।

भाजपाले आफ्नै दलका नेताभन्दा पनि धेर तृणमूल वा अन्य दलबाट भाजपामा पसेका नेताहरूलाई निक्कै प्रमुखता दिएको देखिएको छ। उम्मेदवारलाई लिएर भाजपाभित्र निक्कै असन्तुष्टि पनि देखिएको छ।

यता दार्जीलिङ सिटको निम्ति भाजपाले कसलाई उम्मेदवार बनाउने स्पष्ट छैन। अहिलेसम्म पहाडकै भूमिपुत्र वा त शुब्रमन्यम स्वामी वा त अरुण जेटलीको कुरा चलिरहेको बताइएको छ। यद्धपि, अहिलेसम्म उम्मेदवारबारे भाजपा बोलेको छैन। पहाडमा अनेकौं अनुमान चलिरहेको छ। विनय खेमा भाजपाको उम्मेदवारलाई लिएर निक्कै चासोसित प्रतिक्षा गरिरहेको छ।

गोजमुमो-गोरामुमोले जाति र मुद्दालाई पनि बचाउने अनि केन्द्रको लागि बाटो पनि बनाइराख्ने कुटनीति चलिरहेको देखिएको छ। केन्द्रमा भाजपा कै सरकार आएको खण्डमा सबै दलले एउटै मञ्चमा आएर केन्द्रलाई दवाब दिन सक्ने सम्भावनालाई नै केन्द्रमा राखेर गोजमुमो-गोरामुमोले रणनीति अघि बढाइरहेकै छ।

उनीहरूअनुसार यसपालि तृणमूलले जित्यो भने केन्द्रलाई दवाब बनाउने त परै जावोस्, पहाडमा मुद्दा नै धुलिसात बन्नेछ।

पहाडमा कतिपय दलहरू नेतृत्व दम्भमा बसेर जाति विरोधीहरूलाई नाफा दिने अन्तर्य एजेन्डा बोकेर अघि बढिरहेको पनि देखिएको छ। भोट विभाजनको राजनीतिले जाति र मुद्दालाई हानी गर्न नहुने सचेतहरूले ठानिरहेका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया