3 अप्रेल मोदी सिलगढी आउने: पहाडलाई सम्बोधनमा राख्ने सम्भावना

राजुले अहिलेसम्म पहाडबारे खुलेर कुनै टिप्पणी गरेका छैनन्। न त मन घिसिङले न त विमल गुरुङले राजुको पक्षमा केही बोलेका छैन्।सूत्रअनुहार राजु शीघ्र नै दार्जीलिङ आइरहेका छन्। उनीसितै विमल गुरुङ पनि आउने हल्ला चलिरहेको छ। गोरामुमो र गोजमुमोले चुनावी जनसभाको तयारी गरिरहेको अनि 3 अप्रेल नरेन्द्र मोदीले सम्बोधन गर्ने जनसभामा पहाडको जनसैलाब देखापर्ने सम्भावना चुलिएको छ।


सिलगढी, 25 मार्च


प्रधानमन्त्री नरेन्द्र मोदी 3 अप्रेलको दिन सिलगढी आउने भाजपासूत्रले बताएको छ। सोही दिन मोदीले कलकत्ताको ब्रिगेड मैदानमा हुने चुनावी जनसभालाई सम्बोधन गर्नेछ। 1 बजी सिलगढीमा हुने चुनावी जनसभालाई सम्बोधन गरेर उनी फर्किनेछन्।

बताइएअनुसार मोदीले सिलगढीमा दार्जीलिङ सिटका उम्मेदवार राजु विष्टको पक्षमा पनि बोल्नेछन्। पहाडको मुद्दालाई पनि सम्बोधनमा राख्नेछन्। अघिल्लोपल्ट यस्तै चुनावी जनसभामा उत्तरबङ्गाल आएको बेला उनले ‘गोर्खाहरूको सपना मेरो सपना’ भनेका थिए। त्यो पूरा भएन। उनले जनजातिको कुरा पनि उठाएका थिए। त्यो पनि पूरा भएन।

यी दुवै मुद्दाबारे भाजपाको स्पष्ट अडान पनि आएको छैन। पहाडका जनता भाजपासित निक्कै रुष्ट देखिएका छन्। यसपल्ट दार्जीलिङको लागि मणिपुरका गोर्खा राजु विष्टलाई उम्मेदवार बनाएका छन्। उनीबारे पहाडमा मिश्रित प्रतिक्रिया देखापरेको छ।

राजुले अहिलेसम्म पहाडबारे खुलेर कुनै टिप्पणी गरेका छैनन्। न त मन घिसिङले न त विमल गुरुङले राजुको पक्षमा केही बोलेका छैन्।

सूत्रअनुहार राजु आज नै दार्जीलिङ आइरहेका छन्। उनीसितै विमल गुरुङ पनि आउने हल्ला चलिरहेको छ। गोरामुमो र गोजमुमोले चुनावी जनसभाको तयारी गरिरहेको अनि 3 अप्रेल नरेन्द्र मोदीले सम्बोधन गर्ने जनसभामा पहाडको जनसैलाब देखापर्ने सम्भावना चुलिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया