मुख्यमन्त्री समेत विपक्षीको नेताहरूले भरे दक्षिण जिल्लाको विभिन्न समष्टिबाट नामाङ्कन

नाम्ची, 25 मार्च। हिमाली राज्य सिक्किमको विधान सभा र लोकसभा चुनाउको निम्ति मनोनयन पत्र भर्ने आज अन्तिम दिन राज्यको चारै जिल्लाको जिलाप्रशासन केन्द्रहरूमा रहेको रिटर्निङ अधिकारीसमक्ष विभिन्न राजनैतिक दलका प्रत्याशीहरूले नामाङ्कन पत्र भरे।  नामाङ्कन पत्र भरेपछि पत्रकारहरूसित कुराकानी गर्दै उम्मेद्वारहरूले आआफ्नो चुनावी मुद्दा र रणनीतिबारे जनकारी गराएका छन्।

यसैक्रममा दक्षिण जिल्लाको जिल्ला प्रशासन केन्द्रमा सत्तारूढ एसीडीएफका अध्यक्ष पवन चामलिङले दुइवटा निर्वाचन क्षेत्रको निम्ति मनोनयन पत्र बुझाए। उनले पोकलोक कामराङ र नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रको निम्ति मनोनयन पत्र बुझाए। उनले आफू दुइ ठाउँबाट चुनाउमा उठेको बताउँदै अहिले विभिन्न पार्टीहरूले तथा निर्दलीय उम्मेद्वारहरूले चुनाउमा भाग लिनु प्राजतन्त्रको राम्रो लक्षण रहेको बताए। पार्टीबाट मन दुखाएर बाहिरिनेहरूलाई मतलबको निम्ति पार्टीमा आएर पुरा नहुँदा बाहिरिएको अनि यस्तो अवस्थामा पार्टीको नीति सिद्धन्त प्रति कटिबद्धतालाई सिद्ध गरेको बताए। यसैगरि उनले नाम्ची सिङ्गीथाङ र पोकलोक कामराङबाट जितेर विधायक बन्ने ठोकुवा गरे। उनले दुवै निर्वाचन क्षेत्रको जनतालाई आभार प्रकट गर्दै उनीहरूको चाहना अनुरूप अझ धेरै काम गर्नको निम्ति तत्पर रहेको बताए।

यसैगरि अन्य निर्वाचन क्षेत्रको निम्ति मुख्यमन्त्री तथा एसडीएफ अध्यक्षको विरूद्धमा चुनाउमा पोकलोक कामराङबाट खडा भएका विपक्षी दल एसकेएमका उम्मेद्वारा केबी राईले पच्चीस वर्षदेखि एसडीएफ सरकारले छलेको र जनताको रोजाईमा आफूलाई चुनाउमा उठाइएको हुनाले सतप्रतिशत जीत निश्चित भएको दाबी गरे।

अर्कोतिर मुख्यमन्त्री चामलिङकै विरूद्धमा नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रको निम्ति विपक्षी दल एसकेएमका उम्मेद्वार बनेका गणेश राईले पनि भ्रष्ट्राचार र भाइभतिजावादले आफ्नो क्षेत्रग्रस्त भएको ठाउँका  बेरोजगार युवाहरूको निम्ति र अऩ्य कार्यहरू गरेर जनतालाई परिवर्तन दिनको निम्ती चुनाउमा खडा भएको दाबी गरे।

यसैगरि दक्षिण जिल्ला प्रशासन केन्द्रमा मनोनयन पत्र बुझाउन आएका एसआरपीका मल्ली निर्वाचन क्षेत्रका उम्मेद्वार बलबीर तामाङले सिक्किमे जनताको निम्ति समान हक अधिकार र समानता अनि राजनैतिक व्यवस्थामा रहेको असमानता हटाउन चुनाउमा उत्रिएको बताउँदै जनताले विकासको निम्ति भन्दा आफ्नो अस्तित्व  सुरक्षाको निम्ति एसआरएमलाई मतदान गर्नुपर्ने दाबी गरे।

अर्को तर्फ विपक्षी दल एसकेएममा मल्ली समष्टि उम्मेद्वार तिलक बस्नेतले मल्लीका जनताले भ्रष्ट्राचार, जातिवादको विरूद्धमा आम जनताले मतदान गर्नुपर्ने दाबी गर्दै मल्ली अब उसो एसडीएफको गड नरहेर एसकेएमको गडमा परिणत भइसकेको दाबी पनि गरेका छन्।

आफ्नो मनोनयन पत्र बुझाउन आएका नामथाङ रातेपानीका एसकेएम उम्मेद्वार सञ्जीत खरेलले अहिले सिक्किममा परिवर्तनको लहर चलेकोदाबी गर्दै एसकेएम पार्टीको जीत सुनिश्चित भइसकेको ठोकुवा गरे।

मनोनयन पत्र बुझाउने अन्तिम दिन दक्षिण जिल्लाको निम्ति केही दमदार नेताहरूले पनि आफ्नो मनोनयन पत्र बुझाएका थिए। जसमा  याङगाङ राङगाङ निर्वाचन क्षेत्रको निम्ति एसआरएम पार्टीका अध्यक्ष तथा निवर्तमान विधायक  आरएन चामलिङले मनोनय पत्र बुझाए। यसैगरि तिमी नामफिङको एसकेएम उम्मेद्वार बीएस पन्तले पनि मनोनयन पत्र बुझाए ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया