पीएस गोलेले 6 वर्षसम्म  मुख्यमन्त्री त के पञ्चायत पनि हुन नपाउने  कानुन छः मुख्यमन्त्री चामलिङ

गान्तोक, 25 मार्च । हिमाली राज्य सिक्किमको प्रमुख विपक्षी दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले पहिला पीएस गोले चुनाउमा उठ्नु पाउॅंछ भनेर जनतामा भ्रम फैलाएको र अब पीएस गोलेलाई मुख्यमन्त्री पदको उम्मेदवार घोषणा गरेर फेरि जनतालाई दिग्भ्रमित गर्ने काम गरिरहेको सत्तारूढ़ सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) अध्यक्ष पवन चामलिङले दाबी गरेका छन्। नाम्चीमा मनोनयन पत्र बुझाइसकेपछि पत्रकारहरूसित कुराकानी गर्दै मुख्यमन्त्रीले पीएस गोलेलाई मुख्यमन्त्री उम्मेद्वार बनाएकोबारे प्रतिक्रिया जान्न चाहँदा जनताले सबै कुराबुझेको अनि चुनाउपछि जनताले यसको जवाफ दिने बताउँदै चुनाउको छेकमा पारेर जनतालाई दिग्भ्रमित पारेको बताए। उनले प्रेम सिंह गोले 2024 सालको अगस्त 10 सालसम्म चुनाउमा लड्न नपाउने अनि उनी एकजना दण्डित व्यक्ति भएको हुनाले कानुनले मुख्यमन्त्री त के पञ्चायत पनि बन्न नदिने प्रावधान रहेको बताए। एसकेएम पार्टीमा मौलिक कार्यक्रम नभएको कारण जनतालाई अन्याय गर्दै भ्रम फैलाउन प्रयास गरिरहेको बताए।
अर्कोतिर पीएस गोलेका छोरा आदित्य गोले चुनाउमा उठेको अनि पवन चामलिङले भने आफ्नो परिवारलाई अहिलेसम्म राजनीतिमा सहभागीता किन नदिएको भन्ने प्रश्नको जवाफमा उनले भने हामीले एसडीएफ पार्टीमा यसपाली छैटौं पटक चुनाउ लड्दैछौं तर पछिल्लो 25 सालमा हाम्रो पार्टीले कहिले पनि मेरो परिवारको कुनै सदस्यलाई टिकट दिएन यसपाली पनि कसैलाई दिएन। मैले पच्चिस वर्षसम्म पार्टीमा नगरेको काम अहिले पनि गरेको छुइऩँ तर मैले पच्चीस वर्षसम्म नगरेको कुरा पीएस गोलेले गरे रेकर्ड बनाए।

अर्कोतिर यसरी पीएस गोलेलाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउन अघि उनले चुनाउ लड्न पाउने पूर्ण दाबी नै गर्दै एसकेएमले धेरै पल्ट पत्रकार सम्मेलन आयोजन गरिसकेको भए पनि अन्तमा एसकेएम अध्यक्ष गोलेले चुनाउ लडेनन्। यस्तै चुनाउ नलडे पनि मुख्यमन्त्री उम्मेद्वार बनाएर पुनः उनी मुख्यमन्त्री बन्ने निश्चित रहेको दाबी गरिँदैंछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया