भाजपा उम्मेद्वार राजु विष्टले भरे नामाङ्कन: भने, ‘मेरो कारणले कुनैपनि गोर्खाको शीर झुक्न दिने छुइन’

दार्जीलिङ, 26 मार्च:

‘पहाडको जुन आफ्नो मजबुत पुरानो मुद्दा छ त्यो मुद्दालाई सुल्झाउन आफ्नो पक्षबाट इमान्दारितासाथ मिहिनेत गर्छु अनि म पनि गोर्खा पुत्र भएको नातामा यहाँका मानिसहरूलाई कुनै पनि गुनासो गर्ने मौका दिँदिन। म यो पनि आश्वस्त गराउँछु कि मेरो कारणले गर्दा कुनै पनि गोर्खाको शीर झुक्न दिने छुइन।’

उपरोक्त कुरा भारतीय जनता पार्टीका दार्जीलिङ लोकसभा समष्टि उम्मेद्वार राजु विष्टले भनेका हुन्।

विमल गुरुङ नेतृत्वमा रहेको गोजमुमो अनि गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको सहयोगमा भाजपा उम्मेद्वारको रूपमा खडा भएका प्रार्थी राजु विष्टले आज दार्जीलिङ जिल्लापाल कार्यालयबाट नामाङ्कन-पत्र भरे। यसअवधि उनले पत्रकारहरूलाई सम्बोधन गर्दै आफ्नो कारणले गर्दा गोर्खा जातिको शीर झुक्न नदिने बताएका हुन्।

आज नामाङ्कन-पत्र भर्ने क्रममा विमल गुरुङपक्षका गोजमुमो कार्यकर्ता, गोरामुमो कार्यकर्ता अनि भाजपा कार्यकर्ताहरूले चौरतास्तादेखि नै जुलुस निकालेर जिल्ला अधिकारी कार्यालयसम्म लगेका थिए।

यस क्रममा नामाङ्कन बुझाएपछि पत्रकारहरूलाई सम्बोधन गर्दै विष्टले भाजपाले बितेको चुनाउमा भन्दा धेर मत ल्याएर विजय बन्ने दावी गरे।

‘मलाई विश्वास छ, हामी चुनाउ सजिलैसित जित्छौँ तरैपनि हामी यसलाई हल्कासित लिँदैनौँ’-विस्टले भने, ‘हामी आफ्नो पक्षबाट इमान्दारिताकासाथ जोडदार काम गर्नेछौँ।’

उनले विकास नै भाजपाको मूल चुनावी एजेन्डा रहने पनि स्पष्ट गरे। उनले बङ्गाल विकासको मामिलामा पछि रहेको अनि दार्जीलिङ, तराईँ र डुवर्सलाई पनि विकासको मूलधारमा ल्याउने प्रतिबद्धता जाहेर गरे।

एक प्रश्नको उत्तरमा उनले चुनाउपछि आफूले धेर समय दार्जीलिङलाई नै दिने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन