हर्कबहादुर छेत्री पनि ओर्लिए चुनावी मैदानमा: भने, ‘जुन मुद्दाको हामी कुरा गर्दैछौँ त्यो मुद्दाको निवारण संसदमा मात्र हुन्छ’

दार्जीलिङ, 26 नोभेम्बर:  लोकसभा भनेको नीति निर्धारण गर्ने ठाउँ हो। जुन मुद्दाको हामी कुरा गर्दौछौँ त्यो मुद्दाको निवारण संसदमा मात्र हुन्छ। त्यो ठाउँमा सर्वसम्मतिबाट पठाउन सक्छौँ कि भन्ने विश्वास थियो भएन।’

दार्जीलिङ लोकसभा समष्टिबाट नामाङ्कन पत्र बुझाइसकेपछि जन आन्दोलन पार्टीका अध्यक्ष हर्कबहादुर छेत्रीले पत्रकारहरूलाई सम्बोधन गर्दै आफू चुनावी मैदानमा खडा हुनुका कारणहरू बताए।

उनले साझा उम्मेद्वारको निम्ति सहमति बन्न नसकेको साथै मूल मुद्दाका निम्ति मैदानमा रहेका दलहरूबाट आशा गर्न नसकिने भएका कारण नै मैदानमा ओर्लनपरेको तर्क थिए।

‘जुन दलहरू मैदानमा छन् उनीहरूबाट त आशा राख्ने प्रश्नै भएन’-छेत्रीले भने, ‘एकजना उम्मेद्वारले त अझ आफू मूल मुद्दाको लागी सही छुइन भनेछन्।’

छेत्रीले अझ भने अनुसार बाहिरबाट आएका उम्मेद्वारहरूले दार्जीलिङको हितको निम्ति के गर्छन् त्योबारे छेत्रीलाई जानकारी छैन। तर यहाँ गलत भएको खण्डमा यहीँ बस्नेहरू नै गलत निर्णयको शिकार हुनपुग्छन्। यदि आज आफूहरू चुप लागेर बसे त्यो परिवेश सृजना गर्नुमा जापको पनि भूमिका रहने भएको कारण त्यो दोष बेहोर्न नचाहनका निम्ति पनि आफूले चुनाउ लड्ने निर्णय गरेको छेत्रीले बताए।

एक प्रश्नले उत्तरमा जाप चुनाउमा उठ्दा पहाडको भोट विभाजन हुने कुरा सरासर गलत रहेको बताए।

‘हामी उठ्दा मात्र भोट कसरी विभाजन हुन्छ?’-छेत्रीले प्रश्न गर्दै भने, ‘11 वटा दल उठ्दा विभाजन हुदैन हर्कबहादुर छेत्री  उठ्दा मात्र हुन्छ? यदि जनता निर्णायक छन् भने जनताले यही उम्मेद्वार चुनुन्।’

चुनाउ चुनौतिपूर्ण हुन्छ भनेर मूल मुद्दा मर्नु दिनु नुहुने छेत्रीले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन