भाइचुङले एसडीएफको अवधारणा चोरी गरेको छः पीडी राई

गान्तोक,27 मार्चः सिक्किममा अहिले वैश्विक बुनियादी आय (युनिभर्सल बेसिक इनकम)-माथि बहस छेड़िएको छ। 2019 मा एसडीएफले सरकार बनाए तीन वर्षभित्रमा यूबीआई लागू गर्ने मुख्यमन्त्री पवन चामलिङले धेरै अघि नै घोषणा गरिसकेका थिए भने हिजोमात्र हाम्रो सिक्किम पार्टी (एचएसपी)-ले पनि आफ्नो सरकार आए यूबीआई लागू गर्ने जनाउँदै त्यसलाई ‘सिक्किम सम्मान योजना’ नामकरण गरेको छ। सरकार आएको 90 दिनभित्रमा प्रत्येक गरीब परिवारका सदस्यलाई 1500 रुपियाँ गरेर मासिक स्टाइपेन्ड प्रदान गर्ने एचएसपीका कार्यकारी अध्यक्ष भाइचुङ भोटियाले घोषणा गरेपछि आज सत्तारूढ़ पार्टीले त्यसलाई ‘एसडीएफको अवधारणा चोरी गरेको’ आरोप लगाएको छ।     गान्तोकस्थित आफ्नो निजी निवासमा आज पत्रकार सम्मेलन डाकेर एसडीएफ प्रवक्ता तथा निवर्तमान सांसद पाडी राईले भाइचुङले घोषणा गरेको यूबीआई र एसडीएफको यूबीआईमा सैद्धान्तिक रूपमै फरक रहेको बताए। भाइचुङले जनतालाई झूटो वाचा गरेर हावा मिठाई खुवाएको उनको आरोप थियो।

“हामीले 10 जनवरी, 2019 मा नै यसको घोषणा गरिसकेका छौं। राष्ट्रिय मीडियामा यो समाचार छ्यापछ्याप्ती छ। मुख्यमन्त्री पवन चामलिङले यो घोषणा अघिबाटै गरिसकेका हुन्। भाइचुङले यूबीआईको कुरा गर्नु सोझै हाम्रो कन्सेप्ट चोरी गर्नु हो”,राष्ट्रिय मीडियामा यस सम्बन्धमा प्रकाशित समाचारहरूको लिंक पत्रकारहरूलाई साझा गर्दै राईले भने। यूबीआई कुनै नयाँ कुरा नभएको बताउँदै यद्यपि भाइचुङलगायत कङ्ग्रेस पार्टीहरूले भन्ने गरेको, मध्यप्रदेश र गुजरात जस्ता राज्यहरूमा प्रयोग भइरहेको यूबीआई र एसडीएफ सरकारले लागू गर्ने यूबीआईबीच ठूलो फरक र भिन्नता रहेको एसडीएफ नेताले दाबी गरे। “हाम्रो युनिभर्सल बेसिक इनकमको अवधारणा जनमुखी, युवामुखी तथा दिगो विकासको नीति र सिद्धान्तबाट निर्देशित हुनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन