घोषणा पत्र जारी गर्दै गोलेले भने सबैलाई समेटेर भविष्य र सिक्किम मुखी घोषणा बनाएका छौ

गान्तोक, 27 मार्च। सिक्किमको  प्रमुख विपक्षी दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले आउँदो 10औं विधानसभा र 17औं लोकसभाको निम्ति चुनाउ घोषणा पत्र सार्वजनिक गरेको छ।

सिक्किमको राजधानी गान्तोकको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा एसकेएम अध्यक्ष पीएस गोले समेत पार्टीका उच्च स्तरीय नेताहरूको हातबाट चुनाउ घोषणा पत्र सार्वजनिक गरिएको छ।

घोषणा पत्र समावेशी र सबैलाई समेटेर विशेष गरे सिक्किम मुखी अनि भविष्यमुखी बनाइएको एसकेएम अध्यक्ष पीएस गोलेले पत्रकारहरूलाई बताए। उनले घोषणापत्रका केही प्रमुख ध्वजवाहक कार्यक्रमहरूलाई हुबहु पढेर सुनाए। जसमा सरकार गठन गरेको एक सयदिन भित्र सबै  बेरोजगारलाई स्थायी नोकरी दिने, एमजी नगरेकोको मजदुरी प्रतिदिन 3 सय रूपियाँ गरिने, परिवारको नारी मुखियाको नाममा पाँच वर्षमा 5 लाख रूपियाँ दिइऩे, सालको सबै शनिबारलाई सरकारी विदा  गरिने, पाकिम र सोरेङ महकुमालाई जिल्ला बनाउने , एक परिवार एक नोकरी पाएकाहरू सबैलाई एक सयदिनमा स्थायी गर्ने, अस्थायी शिक्षकलाई स्थायी गर्ने पुस्तैनी जमीनलाई म्युटेशनमा शुल्क नलिने, बेरोजगार लोन मिनाह, कृषी लोन मिनाह, सिटिजन एमेण्डमेन्ट बील लागु हुन नदिने, कम्पनीका कर्मचारीहरूको 20 हजार वेतन गर्ने तथा सरकारी नोकरीमा भाइभा नराखि लिखित परिक्षा उत्तिर्ण भएको खण्डमा नियुक्ति दिने तथा सिक्किमका सबै लम्बित मागहरूबारे केन्द्र सरकारलाई बुझाएर सिक्किमको सुरक्षा यथावत राख्ने जस्ता लोभलाग्दो घोषणाहरू राखेका छन्। यसलाई कसरी पुरा गर्ने योजना छ भन्ने प्रश्नमा एसकेएमसित सबै दस्तावेज र योजना रहेको सरकार गठन भएपछि लागु गर्ने बताए। यद्यपी उनले राज्यको एसडीएफ सरकारले आउँदो सरकारमा लागु गर्ने भनेको युनिभर्सल बेसिक इन्कम (वैश्विक बुनियादी आय) लाई अव्यावहारिक बताउँदै 50 हजार करोड लोनमा डुबेको सिक्किममा यो सम्भव नरहेको दाबी गरे। यद्यपी उनले प्रत्येक परिवारको महिला प्रमुखको एकाउन्टमा पाँच वर्षमा पाँचलाख रूपियाँ प्रदान गर्ने घोषणा पत्रमा लिखित उल्लेख गरेका छन्।

यसैगरि एसकेएम पार्टीले 2014 मा चुनाउ पछि सरकार गठन गर्न नसकेको कारण घोषणाहरू कार्यान्वयन गर्न नसकेको तर आउँदो चुनाउमा सरकार गठन गर्ने पक्का रहेको दाबी गर्दै यसपाली सबै घोषणाहरू लागु गर्नेको निम्ति 2014 कै अधिकांश घोषणाहरू राखिएको पनि बताए।

यसैगरि उनलाई मुख्यमन्त्री को उम्मेद्वार घोषणा गरिएकोमा उठेको प्रतिक्रियाबारे बोल्दै पार्टीको विधायक दलले सर्वसम्मतिले मुख्यमन्त्री उम्मेद्वार चुनेको खण्डमा मुख्यमन्त्री हुनसक्ने प्रावधान रहेको अनि यो निर्णय पार्टीको  संसदीय समितिले लिएको हुनाले यसलाई आफूले शिरोपर गर्ने दाबी गरे।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन