विमल गुरुङ समूह मोर्चाको प्रवक्तामा बीपी बजगाईँ : प्रवक्ताको पहिलो बयान-भोट विभाजक नै जातिको दुश्मन

‘वर्तमानमा भारतीय गोर्खाको राजनीति एउटा यस्तो मोडमा आएको छ, जहाँ हामीले दुरगामी दृष्टि राखेर, कुटनैतिक वातावरण बनाएर मात्र जातिय अस्मितालाई भविष्यको निम्ति जोगाउन सक्छौं,’ उनले भने, ‘भारतीय गोर्खाको केन्द्र स्थल दार्जीलिङ पहाड हो अनि यहाँको राजनीतिले स्वार्थको शिखर चढेको समय हो यो। हामीले केन्द्रसँग कुटनैतिक अनि राजनैतिक सम्बन्ध राख्न गरिएका प्रयासहरूलाई राज्य शक्तिले कहिल्यै मन पराउँदैन। यसैले राज्यको सत्तारुढ दलले यसपालिको लोकसभा चुनावमा हाम्रो भोट विभाजनको निम्ति कुनै कसर बाँकी राख्ने छैन।’


सिलगढी, 28 मार्च


स्वतन्त्र विचारक एवं चिन्तक बीपी बजगाईंलाई गोर्खा जनमुक्ति मोर्चाले पार्टीको प्रवक्ताकोरूपमा नियुक्त गरेको बताइएको छ।

बजगाईँले बताएअनुसार गोर्खा जनमुक्ति मोर्चा पार्टीले उनलाई चालु लोकसभा चुनावको निम्ति पार्टीको आधिकारिक प्रवक्ता (केन्द्रिय कमिटी) नियुक्त गरेको हो।

‘ म वचनवद्ध छु, गोर्खा स्वाभिमानलाई कहिल्यै चोट लाग्न दिने छुइनँ। पार्टीले दिएको विश्वासलाई सम्हालेर राख्नेछु,’ बजगाईँले भने।

उनले भाजपा प्रार्थी राजु विष्ट गोर्खा पुत्र रहेको भन्दै भने, ‘हामी हाम्रो जातिय अस्मिता जोगाउन गुहार माग्दै धेरै चोटी पूर्वोत्तर भारत लगायत देहरादुन धाएका छौं। हामीलाई यहाँ चोट लाग्दा भारतभरीका गोर्खा रोएका हुन्छन। आज पूर्वोत्तरमा जन्मिएका गोर्खा पुत्र पहाड आउँदा उनको विरोध गरेर नेपाली भाषा आन्दोलनदेखि अहिलेसम्म जातियताको पक्षमा पूर्वोत्तरले लगाएको गुणलाई बिर्सनु अनि अपमनित गर्नु हुँदैन। उम्मेदवार राजु विष्टलाई स्वागत जनाउँदै उनलाई जिताउन कुनै कसर बाँकी राख्ने छुइन।’

उनले गोजमुमो पार्टीले आफूलाई विश्वास गरेकोमा आभार पनि व्यक्त गरे। ‘पार्टीका अध्यक्ष विमल गुरुङले जातिय उन्मुक्तिको निम्ति गरेको त्यागलाई सम्मान गर्दै उनले गरेका राजनैतिक अभ्यास र प्रयासलाई अघि बढाउने कुरामा प्रतिवद्धता जनाउँदछु,’ बजगाईँले भने, ‘मैले आजसम्म लिएका यस अघिका साहित्य अनि कला पक्षका सम्पूर्ण जिम्मेवारीहरूलाई पुरा पनि गर्दै जानेछु।’

बजगाईँ सामाजिक राजनीति मन पराउने व्यक्ति हुन्। उनी आफूलाई प्रत्यक्ष राजनीतिमा कहिल्यै चासो नरहेको अनि आफ्नो जीवनको अधिकांश वर्षहरू घरि राजनैतिक सल्लाहकार, घरि राजनैतिक विश्लेषकको रूपमा तथा अपरोक्ष राजनीतिमा बितेको बताउँदै परोक्ष राजनीतिमा जानै पर्ने समय भएकोले राजनीतिमा आएको उनले जनाए।

‘वर्तमानमा भारतीय गोर्खाको राजनीति एउटा यस्तो मोडमा आएको छ, जहाँ हामीले दुरगामी दृष्टि राखेर, कुटनैतिक वातावरण बनाएर मात्र जातिय अस्मितालाई भविष्यको निम्ति जोगाउन सक्छौं,’ उनले भने, ‘भारतीय गोर्खाको केन्द्र स्थल दार्जीलिङ पहाड हो अनि यहाँको राजनीतिले स्वार्थको शिखर चढेको समय हो यो। हामीले केन्द्रसँग कुटनैतिक अनि राजनैतिक सम्बन्ध राख्न गरिएका प्रयासहरूलाई राज्य शक्तिले कहिल्यै मन पराउँदैन। यसैले राज्यको सत्तारुढ दलले यसपालिको लोकसभा चुनावमा हाम्रो भोट विभाजनको निम्ति कुनै कसर बाँकी राख्ने छैन।’
उनले बताएअनुसार यस्तो स्थितिमा जातिय अस्मितालाई जोगाउन पहाडका दुई शक्तिशाली राजनैतिक पार्टी गोर्खा जनमुक्ति मोर्चा र गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पार्टीले देखाएको एकता भविष्यको गोर्खा इतिहासको एउटा सुखद अध्याय बन्नेछ।

‘मैले राजु विष्ट प्रत्याशी बनेर दार्जीलिङ आइपुगेको बेलुकी नै उनीसँग एक घण्टाभन्दा अधिक अवधी बातचित गरें। मलाई लाग्यो उनी धेरै गर्न चाहन्छन,’ विष्टबारे बोल्दै बजगाईँले भने,  ‘उनी एक सफल उद्योगी हुन्, उनले राजनीतिबाट धन कमाउनु पर्ने आवश्यकता छैन। उनको संस्थाले हाम्रै पहाडको कालेबुङमा धेरैवटा गाउँ काख लिएर त्यहाँका आधारभूत आवश्यकताहरू पुरा गरिरहेका छन्। उनी हल्ला नगरी चुपचाप काम गर्ने स्वभावका रहेछन्। मलाई सांसद प्रत्याशीको रूपमा उनलाई भाजपाले पठाएको मन पऱ्यो।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन