एसकेएमको पञ्जिकरण रद्द गर्ने माग गर्दै एसडीएफले भन्यो एसकेएमको घोषणा पत्र नमचिने पीङ्गको सय झटका

गान्तोक, 28 मार्च । राज्यको विपक्षी दल एसकेएम पार्टीले जारी गरेको वर्ष 2019 को आम चुनाउको घोषणा पत्रलाई सत्तारूढ एसडीएफ पार्टीले ढॉंटको पुलिॅंदा बताउॅंदै नमचिने पिङ्गको सय झट्का भने जस्तो बौद्धिक व्यघात रहेको दाबी गरेको छ। इन्दिरा बाइपासस्थित एसडीएफ मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता भीम दाहाल, पीडी राई, केटी ग्याल्छेन समेत पार्टी महासचिव कविता सुब्बा र अम्बर राईले आफ्नो सम्बोधनमा एसकेएमको घोषणा पत्रहरूमा रहेको खोट निकालेका छन्।

एसकेएमले घोषणा पत्रमा एसडीएफ सरकारमा पचास हजार करोड ऋण बोकाएको कुरा घोषणा पत्रमा उल्लेख गरेर सबै भन्दा ठूलो बिडम्बना देखाएको अनि आफ्नो घोषणा पत्रमा भने राज्यको कुनै राजस्व र राज्यको बजेटले थाम्न नसक्ने आर्थिक कार्यक्रमहरू राखेर रित्तो भॉंडो बेसि बज्छ भन्ने साबित गर्न खोजेको एसडीएफले दाबी गरेको छ। यसैगरि एसडीएफको आर्थिक कार्यक्रम वैश्विक बुनियादी आयलाई बुज्ने एसकेएमसिम क्षमता नभएको र त्यहॉंसम्मको बौद्धिक ज्ञान नभएको कारण एसडीएफकै पुराना कार्यक्रमहरूको पुलिन्दालाई बटुलेर जनतालाई ढॉट्ने काम गरेको एसडीएफ प्रवक्ताहरूले बताए। अर्कोतिर एसकेएमले 11 जात गोष्ठीलाई जनजाति र नेपालीको आसन विधानसभामा आरक्षण गराउने घोषणा पत्रमा उल्लेख गरेकोबारे प्रतिक्रिया गर्दै प्रवक्ता भीम दाहालले पुनः बहुसंख्यकहरूको खुनसित जोडिएको जनजातिको मागको प्रश्नमाथि कसैको दबाउमा आएर कुठराघात गरिरहेको आरोप लगाए। उनले नेपालीको आसन आरक्षण गराउने कुरा गरेर राजाको पालामा जनताले प्रजातन्त्रको निम्ति खारेज गरेको प्यारिटी प्रथालाई पुनस्थापना गर्ने षड्यन्त्रमा रहेको पनि दाबी गरे। यसैगरि उनले जनजातिको मान्यता र लिम्बू तामाङको आसन आरक्षणमा पनि एसकेएमलाई बोल्ने अधिकार समेत नरहेको तथा उनीहरूले 32 आसनबाटै आरक्षण गर्नुपर्छ भने बहुसंख्यहरूलाई समाप्त गर्ने सोच बनाएको तथा उचित फरमूला समेत दिन नसक्नेले यसबारे कुरा गर्ने अधिकार समेत नरहेको बताए।

 

यसैगरि, एसडीएफले एसकेएमको उम्मेदवार सूची सार्वजनिक गर्दा अनि घोषणा पत्र सार्वजनिक गर्दा समेत आधिकारिक रूपमा अध्यक्ष पीएस गोलेलाई मुख्यमन्त्री बनाउने घोषणा गर्नु संविधान र देशको कानूनको खुल्ला उल्लंघन गर्नु रहेको बताएका छन्। यसबारेमा आफु चुनाउको प्रचारमा व्यस्त भएको कारण भोट नलड्ने निर्णय गरेको जवाफ दिने गोलेले जनतालाई फेरि अस्ति चुनाउमा उठनु पाउॅंछु भनेर नउठेको जस्तै ढॉंटको राजनीति गरेर चुनाउ आचार संहिताको समेत उल्लंघन गरेको बताएको छ। यसबारेमा एसडीएफले 26 मार्चको दिन भारतको मुख्य चुनाउ आयुक्त समक्ष एसकेएम पार्टीले संविधान र राज्यपालको समेत खिल्ली उडाएको अनि चुनाउको मुखमा अव्यवहारिक र असंवैधानिक अनि चुनाउ आचार संहिता विरोधी कार्य गरिरहेको बताउॅंदै तुरून्तै एसकेएम पार्टीको पंजीकरण रद्द गर्नुपर्ने माग गरेको पनि प्रवक्ता ग्याल्छेनले जनाए। उनले एसकेएमले संविधानको धारा 164 (4) को समेत गलत व्याख्यान गरेर राज्यपालको नामलाई पनि मुछेर जनतामा दिग्भ्रम फैलाई चुनाउको आचार संहिता र संविधानलाई समेत कुल्चिएको हुनाले एसकेएम पार्टीको पंजीकरण रद्द हुनुपर्छ भन्ने अडान राखेको बताए।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन