गोरामुमो नेता जेबी तामाङ एक दिनको पुलिस रिमाण्डमा

खरसाङ, 28 मार्च:: गोरामुमो श्रमिक  सङ्गठनका नेता जेबी तामाङलाई आज खरसाङ कोर्टमा उभ्याइएपछि एक दिनको पुलिस रिमाण्डमा लगिएको छ। तामाङलाई आज दार्जीलिङ सदर अस्पतालबाट सोझै खरसाङ कोर्टमा उभ्याइएपछि पुलिसले 7 दिनको पुलिस रिमाण्डको माग गरेको थियो।

यद्यपि  न्यायधीशले एक दिनको पुलिस रिमाण्डमा पठाएको जानकारी जेबी तामाङका वकिल भरत गिरीले दिएका छन्। उनले बताए अनुसार गत 25 मार्चको दिन तामाङको सुनवाई बिमारीको कारण पूरा हुन सकेको थिएन तर आज सुनवाई पुरा भएपछि एक दिनको पुलिस रिमाण्डमा मिरिक पुलिस थानामा लगिएको छ भने भोलि 29 मार्चको दिन पुन: खरसाङ कोर्टमा हाजिर गराइने भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन