कलमको निब एसएनपीपीको चुनाउ चिन्ह

गान्तोक, 28 मार्च। सिक्किम नेशनल पिपल्स पार्टी (एसएनपीपी) ले आउँदो विधानसभा चुनाउको निम्ति चुनाउ आयोगबाट कलमको निब चुनाउ चिन्ह पाएको छ। चुनाउ चिन्ह सार्वजनिक गर्दै आउने चुनाउमा एसएनपीपीको मुख्य मुद्दाबारे पार्टीका अध्यक्ष दिले नामग्याल बरफुङपाले पत्रकार सम्मेलन आयोजन गरेर जानकारी गराए। उनले पत्रकारहरूसित कुराकानी गर्दै सिक्किमको राजधानी गान्तोकमा अहिलेसम्म स्वच्छ पेयजल, निःशुल्क विद्युत र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध हुन नसकेको मुद्दालाई नै आफ्नो चुनाउको प्रमुख मुद्दा बनाउने बताए।

राज्य सरकारले फिल्टर बाढिरहेको तर त्यसको साटो राजधानी गान्तोकको पानीको मुख्य भण्डार सेलेप ट्याङ्कीमा गुणस्तरीय वाटर फिल्टर लगाएर सबै पानी स्वच्छ गर्ने प्रकल्प गर्नु पर्ने दिशामा एसएनपीपीले चुनाउ जितेको खण्डमा सदनमा कुरा उठाएर सरकारलाई यसबारे कार्य गराउन बाध्य गर्ने बताए। गान्तोक निर्वाचन क्षेत्रबाट स्वयं चुनाउमा खडा भएको अध्यक्ष बरफुङपाले राज्यमा रहेको 50 भन्दा अधिक दवाई कारखानाहरूको उपयोग गरेर निःशुल्क दवाई अनि विद्युत उत्पादन कम्पनीहरूले दिएको राज्यको अंशबाट निःशुल्क विद्युत  सर्वराह गराउनु पर्ने मुद्दालाई पनि आघि लिएर आएको बताए।

उनले राजधानी वरपर नयाँ सडक निर्माण होइन तर भएकोलाई विस्तार गर्ने अनि गुणस्तरीय बनाउने दिशामा पहल गर्ने पनि ठोकुवा गरे। सिक्किम प्रगतिशील गठबन्धनमा रहेको एसएनपीपीले आफ्नो पार्टीबाट अध्यक्ष बरफुङपा समेत 3 जनालाई उम्मेद्वारिता दिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन