खामदोङ-सिङताम समष्टीमा 101 प्रतिशत एसडीएफको जित निश्चित छ: जीएम गुरूङ

गान्तोक, 28 मार्च। सिक्किमको महत्वपूर्ण निर्वाचन क्षेत्रको रूपमा मानिएको 17 खामदोङ सिङताम समष्टीमा 101 प्रतिशत एसडीएफको जित निश्चित रहेको र जस्तै प्रतिद्वन्दी रहे पनि जरा भएको पार्टीको जित निश्चित भएको एसडीएफ उम्मेदवार जीएम गुरूङले दाबी गरेका छन्। टोपाखानी सिङतामबाट गोसखान डॉंडासम्म पैदल चुनाउ प्रचार र्यालीमा निस्किएका उम्मेदवार गुरूङका बाक्लो समर्थकहरूबीच पत्रकारहरूसित कुराकानी गर्दै उनी विरूद्ध डाक्टर र पीएचडी शोधार्थी प्रतिपक्षमा खडा भएको र यसको चुनौतीबारे प्रश्न गर्दा राजनीति भनेको पेशा नभएर कुनै खेल नभएको तर राजनीति भनेको त्याग, बलिदान र संस्थाको कार्यमा निर्भर गर्ने भएकोले डाक्टर, इन्जिनियर र फुटबलरहरूले सिटी बजाएर खेल्ने चीज नभएको हुनाले आफुलाई कुनै चुनौती नरहेको दाबी गरे। उनले स्पष्ट भने, डाक्टर इन्जिनियर जो आए पनि हाम्रो क्षेत्रमा एसडीएफको जीत निश्चित छ जसको संकेत आजको भीडले दिइसकेको छ, राजनीति भनेको डाक्टर, इन्जिनियरको पेशा र सिटी बजाएर फुटबल खेलेको जस्तो होइन। यसैगरि, उनले आफ्नो क्षेत्रलाई स्वास्थ्य शिक्षा, रोजगार र युवाहरूको स्वनिर्भकरको निम्ति सम्पन्न क्षेत्र बनाउने घोषणा गरे। अर्कातिर, क्षेत्रको लम्बित माग एनआईटी संस्थान निर्माण प्रक्रियामा प्रतिक्रिया दिॅंदै सरकार गठनपछि यसको फाइल अध्ययन गरेर कुनै पनि हालतमा आफ्नो निर्वाचन क्षेत्रदेखि बाहिर जान नदिने प्रतिबद्धता जाहेर गरे। यसैगरि, आफु स्वयं पनि चालक रहीसकेको हुनाले पार्टीको तर्फबाट आफुले प्रतिनिधत्व गर्नु पाउनु सिक्किमभरिका चालकहरूको निम्ति गर्वको विषय भएकोले सबै एकजुट भएर एसडीएफ पार्टीलाई जिताउनुपर्ने आह्वान पनि गरे। यसरी नै एसडीएफ पार्टीमा टिकट नपाएर मनमुटाउ भएकालाई पनि पार्टीप्रति विश्वास र आस्था राख्नु पर्ने र आफुले पनि दुईपल्ट पार्टीबाट टिकट नपाउॅंदा पनि पार्टीप्रतिको आस्था कमजोर नभएकै कारण आज उम्मेदवारको रूपमा खडा भएको बताउॅंदै सबैले पार्टीको नीति र सिद्धान्तलाई पालन गरेर पार्टीप्रति आस्थावान रहनुपर्ने आह्वान गरे। एसडीएफको चुनाउ प्रचार र्याली सिङतामबाट समष्टिको विभिन्न क्षेत्रमा कार र्यालीको रूपमा अघि बढेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन