विमल गुरुङले फेरि पठाए अडियो सन्देश: भने, ‘अब पनि एक भएनौँ भने पहाडको स्थिति अझ गम्भिर भएर जान्छ’

दार्जीलिङ, 28 मार्च: ‘पहाडको स्थिति डामाडोल छ, सास फेर्न साह्रो भइरहेको छ। हिँडडुल गर्न पनि साह्रो छ। यस्तो स्थितिमा पहाडका मानिसहरू बाँचिरहेका छन्। जिन्दगी काटिरहेका छन्। हामीले यो स्थितिलाई हरेर जोखिम उठाउनैपर्छ, कम्मर कस्नैपर्छ भनेर काम गऱ्यौँ। भोलिको दिनमा को सत्तामा आउँछ भन्ने विषयमा सोचेको छैनौँ अनि त्यो मतबलमा हिँडेको छैनौँ।’

आज साँझ गोजमुमोका अध्यक्ष विमल गुरुङले एउटा अडियो जारी गर्दै उपरोक्त कुरा भनेका हुन्। गुरुङले अडियोमार्फत भने अनुसार गोरामुमो र गोजमुमो हिजोको दिनमा गाँड कोराकोरको अवस्थामा थियो। तर आज मिल्नैपर्ने अवस्था आएको कारण नै सबै कुरा भुलेर एकत्रित भएको बताएका छन्।

‘अबको परिस्थितिमा पनि हामीमा मेलमिलप भएन भने पहाडको स्थिति अझ गम्भिर भएर जान्छ’-गुरुङले भनेका छन्, ‘जसरी बाँदरलाई डम्बरू बजाएर गल्ली-गल्लीमा नचाएर मालिकले जिवीका चलाउँछन्, बङ्गालले त्यस्तै गर्दैछ। हामीमा जस्तै दुश्मनी किन नहोस् हामी गोर्खा हौँ। त्यही भएर हामी मिल्न जरूरी छ।’

गुरुङले अझ भने अनुसार सबै दल मिलेर गोर्खा उम्मेद्वार दिइएको भए विमल गुरुङले अवश्य सघाउनेथिए। तर दलहरूबीच सहमति भए। अन्तिम समयसम्म पर्खेर बस्दासमेत दलहरूमाझ समहति नबनेको कुरा गुरुङले अडियोमा उल्लेख गरेका छन्।

यसै प्रसङ्गमा उनले यसबेला जातिलाई बचाउनुपर्ने आवश्यकता रहेको भन्दै आरबी राई, हर्कबहादुर छेत्री, अञ्जनी शर्मा, रिसिका छेत्री, प्रताप खाती, भारती तामाङ, दावा पाख्रिन आदि सबैको नाम उल्लेख गर्दै एक हुन आह्वान गरे।

‘यदि हामी अहिले पनि एक भएनौँ भने पहाडको स्थिति अझ गम्भिर भएर जान्छ’-गुरुङले भने, ‘पहाडलाई बचाउने दायित्व विमल र मनको मात्र होइन सबैको हो। अहिलेको स्थिति जातिलाई बचाउनुपर्ने स्थिति छ।’

गुरुङले यहाँका दलहरूले आफ्ने स्वार्थ अनि उम्मेद्वारलाई समेत नहरेर जाति हेर्न आह्वान गरेका छन्।

यसै प्रसङ्गमा उनले बङ्गाल सकारले 11 जना शहीद बनाएको, घरहरू कुड्की गरेर, जेलनेल गरेको, जब्बरजस्ती तृणमूल बनाएको जस्ता कुराहरू दोहोऱ्याउँदै एक भएर जवाब दिनुपर्ने आह्वान गरेका छन्।

अर्कोतिर राजु विष्टको उम्मेद्वारिताको विषयमा पनि गुरुङले स्पष्टिकरण दिएका छन्। गुरुङ अनुसार  दार्जीलिङलाई राम्रो उम्मेदवार दिने धेरै कोशिश भएको थियो। केन्द्रमा नेतृत्वहरूसितको सुझाउ अनुसार गोर्खाल्याण्ड र गोर्खा भाषीहरूप्रति कसैले केही गर्छ भने त्यो राजु विष्टले गर्नसक्छन् भन्ने बुझेपछि मात्र उनलाई ल्याइएको गुरुङले बताए।

अर्कोतिर उनले धेरै स्वतन्त्र उम्मेद्वार बनाएर बङ्गालले भोट बाँड्ने षड्यन्त्र गरेको हुनसक्ने शङ्का गर्दै सबैलाई आफ्नो उम्मेद्वारिता फिर्ता लिएर एउटै मञ्चमा आइ बङ्गाललाई जवाब दिन पनि आह्वान गरेका छन्।

यसरी नै उनले गोजमुमो नेता स्वराज थापाप्रति सङ्केत गर्दै आफ्नो पार्टीबाट एकजनालाई उम्मेद्वार बनाउँदा अर्को रिसाउने साथै गोरामुमोसित गठबन्धन भएकोले उनीहरूको पनि कुरा बुझ्नपर्ने भएकाले कुनै बिवाद नहोस् भनेर राजु विष्टलाई उम्मेद्वार बनाएको पनि स्पष्ट गरे।

उनले डुवर्समा जोन बारलाई समर्थन जनाए भने उत्तर बङ्गालको चारवटै आसनमा भाजपालाई जिताउन आह्वान गरे।  आफ्नो आह्वानमा उनले विमल गुरुङको उन्मुक्ति र उनलाई घर फर्काइल्याउन पनि भाजपाको विजय जरुरी रहेको बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन