स्वराज थापाले पनि फिर्ता लिए नामाङ्कन, भने, ‘मेरो उम्मेद्वारिता केवल साङ्केतिक विरोधको लागि मात्र थियो’’

दार्जीलिङ, 29 मार्च:  गोजमुमो समर्थित भाजपा उम्मेद्वारको रूपमा राजु विष्टको नाम अघि आउनेबित्तिकै गोजमुमोबाट राजीनामा दिएर निर्दलीय प्रार्थीका रूपमा खडा भएका स्वराज थापाले पनि अन्तत:  आज नामाङ्कन पत्र फिर्ता लिए।

‘मेरो उम्मेद्वारिता केवल साङ्केतिक विरोधको लागि मात्र थियो’-नामाङ्कन-पत्र फिर्ता लिएपछि थापाले भने, ‘केन्द्रिय राजनैतिक दलहरूले जसरी बाहिरबाट उम्मेद्वार थोप्ने प्रथा छ त्यो प्रथालाई तोड्नका निम्ति जनतालाई झकझकाउने प्रयास थियो। त्यो प्रयास धेरै सफल भएको छ।’

थापाले यसका अतिरिक्त पनि साझा उम्मेद्वारिताका निम्ति कङ्ग्रेसका उम्मेद्वार शङ्कर मालकर, क्रामाकपा अध्यक्ष आरबी राई, जाप अध्यक्ष डा. हर्कबहादुर छेत्री आदिसित कुरा गरेपनि छोटो समय भएका कारण यो सम्भव हुन नसकेको बताए।

‘साझा समहति बन्न नसके पनि सबैको कुरा पहाडको स्थायी समाधान र अलग राज्य नै रहेको छ’-थापाले भने, ‘यसैले गोर्खाल्याण्ड विरूद्धका ताकतहरूलाई हराउने चेष्टा गर्नुपर्छ।’

उनले गोर्खाल्याण्डको मुद्दालाई अघाडी लाने जसको ताकत र क्षमता र उसैलाई छानेर पठाउन आग्रह गरेपनि उनले कुनै ठोस् दल र व्यक्तिविशेषको नाम उल्लेख गरेनन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन