गोरामुमो नेता जेबी तामाङ जमानतमा रिहा

खरसाङ, 29 मार्च:  गोरामुमो नेता एंव एचपीडब्लुयु सभापति जेबी तामाङ आज जमानतमा रिहा भएका छन्। हिजो तामाङलाई एक दिनको पुलिस हिरासतमा मिरिक लगिएको थियो भने आज दिउँसो खरसाङ कोर्टमा उभ्याइएपछि जमानतमा रिहा गरियो। आज गोरामुमो अध्यक्ष मन घिसिङसहित गोरामुमो नेतृत्त्वहरू अजय एडवर्ड, किशोर गुरुङ, निमा लामा लगायत अन्य श्रमिक नेताहरू पनि कोर्ट बाहिर भेला भएका थिए।

जेबी तामाङ जमानतमा रिहा भएपछि गोरामुमो नेताहरूले खदार्पण गरी स्वागत जनाएका थिए। जेबी तामाङका वकील भरत तामाङले उनी जमानतमा रिहा भएको बताउँदै अघिल्लो सुनवाई आगामी 10 अप्रेलको दिन हुने भएको बताए। अर्कोतिर रिहा भएपछि पत्रकारहरूलाई सम्बोधन गर्दै जेबी तामाङले आफुलाई न्यायपालिकामा विश्वास रहेको बताउँदै समस्त पहाड़ तराईका श्रमिकहरूले दिएको मायाको लागि आभार प्रकट गरे।

उनले यसरी माया गरिरहने अनि आफू श्रमिकहरूका हक र अधिकारको लागि लगातार काम गर्ने बताउँदै श्रमिकहरूका लागि लगातार जेल जान पनि तयार रहेको बताए। तामाङले गाँधीजी जेल नगएको भए भारत स्वतन्त्रता नहुने बताउँदै आफु पनि जेल जान सदैव तयार रहेको बताए। उनले आज आफ्नै गोर्खाहरूले षड़यन्त्र गरेर जेल पठाएको र यसरी षड़यन्त्र गरेर जेल पठाएको भन्दै श्रमिकहरूका पक्षमा लगातार काम गर्ने बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया