बक्सिङमा सिक्किमले गऱ्यो 6 स्वर्ण, 9 रजत अनि 3 कास्य पदक कब्जा

सिङ्ताम, 30 मार्च। आसामको गोलाघाटमा डिस्ट्रिक एमेचुएर बक्सिङ एसोसिएशनद्वारा आयोजित गरिएको प्रथम इस्ट जोन बक्सिङ च्याम्पियनशीप 2019 सब जुनियर गर्ल्स एंव ब्वाइजवर्गको प्रतियोगितामा सिक्किमले 6 वटा स्वर्ण पदक, 9 वटा रजत पदक र 3 वटा कास्य पदक प्राप्त गरेको छ। गत 24 मार्चदेखि शुरु गरिएको उक्त प्रतियोगितामा विजयी बन्दै स्वर्ण पदक प्राप्त गर्नेहरुमा जयन्त डगर, एनी लेप्चा, तनम लिम्बू, प्रभा गजमेर, स्नेह तामाङ र सिता सुब्बा रहेकी छन् भने रजत पदक प्राप्त गर्नेहरुमा सुनाना तामाङ, मनोज लिम्बू, इशा राई, अंकित सुब्बा, अनुशा राई, अभिनाश प्रधान, सामुयल लेप्चा, निमा साङ्गे लेप्चा र अंजुली प्रधान छन् अनि कास्य पदक प्राप्त गर्नेहरुमा सम्झना लिम्बू, गिता सुब्बा र प्रवीण छेत्री रहेका छन्।

सिक्किमको दलबाट उक्त प्रतियोगितामा गर्ल्सवर्गमा सुनाना तामाङ, गिता सुब्बा, अञ्जली प्रधान, इशा राई, प्रभा गजमेर, एनी लेप्चा, सिता सुब्बा, अनुशा राई, स्नेह तामाङ, सन्जना लिम्बूले अंशग्रहण गरेकी थिइन् तथा उनीहरुका टीम कोच भावीया गुरुङ, सुमन लेप्चा, म्यानेजर जे. एल. प्रधान अनि आर जजमा मनोज लिम्बू थिए भने ब्वाइजवर्गमा अभिनाश प्रधान, अङ्कित सुब्बा, सामुयल लेप्चा, छिरिङ शेर्पा, मनोज लिम्बू, जयन्त डगर, तनम लिम्बू, नीम साङ्गे लेप्चा, प्रवीण छेत्री, आदर्श प्रधानले अंश ग्रहण गरेका थिए अनि उनीहरु टीम कोचमा एनस कुमार प्रधान र मुकेश राई, म्यानेजरमा प्रवीण लिम्बू तथा आर जजमा प्रीतम सिलाल र उषा राई थिए।  -नन्दु दुतराज

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

विज्ञापन