दोकान-दोकानमा भोट माग्दै  जी एम गुरुङ

सिङ्ताम, 31 मार्च। एसडीएफ पार्टी उम्मेद्वार जी. एम. गुरुङले आज सिङ्ताम बजारका व्यापारीहरुका दोकान-दोकान, घर-दैलोमा पुगेर यसपाली पनि व्यापारीहरुलाई मान-सम्मान दिने, सुरक्षित र शान्ति माहौलमा व्यापार-धन्धा गर्न वातावरण सृजना गर्ने एसडीएफ पार्टीको छाताको चिन्हमा भोट हालेर विजयी गराउने अपील गरे। पूर्व जिल्ला पञ्चायत उपाध्यक्ष सुश्री शर्मिला छेत्री, सिङ्ताम नगर पञ्चायत सभापति सावन कुमार प्रधान, उपसभापति विष्णु माया शेर्पा, पार्षदगण, प्रचार कमिटीका प्रभारी टी. बी. प्रधान, पार्टीका कर्मठ कार्यकर्ता एंव युवा-चेलीहरुको सहभागितामा 17 खाम्दोङ सिङ्ताम क्षेत्रका एसडीएफ पार्टी उम्मेद्वार जी. एम. गुरुङले सिङ्ताम बजारका व्यापारीहरुका दोकान-दोकान पसेर उहीहरुसित भेट गर्दै दोकानदारहरुलाई खदा लगाएर चुनाउमा आफूलाई विजयी गराएर व्यापारीहरुको सेवा गर्ने मौका दिने अपील गरे। यसअघि जी. एम. गुरुङलाई सिङ्ताम बजारका व्यापारीहरुले खदा लगाएर भव्य समर्थन र स्वागत जनाउँदै यसपालीको चुनाउमा श्री गुरुङलाई नै भारीमतले जिताउने वचन दिएका छन्। उक्त चुनाउ प्रचार अभियानकै क्रममा एसकेएम पार्टीको एक कार्यकर्ता याद कुमारी गजमेरले श्री जी. एम. गुरुङसित भेट गरी उनलाई खदा लगाएर आजदेखि एसडीएफ पार्टीमा सामेल भएको बताइन् तथा श्री गुरुङले पनि श्रीमती गजमेरलाई खदा लगाएर पार्टीमा स्वागत जनाए। यसअतिरिक्त, गोप्य सूचनाको आधारमा सिङ्ताम बजारका धेरै एसकेएम समर्थकहरु 2 दिनभित्रमा एसडीएफ पार्टीमा सामेल हुने भएका छन् भने देशको विभिन्न बाढ़प्रभावित स्थानहरुमा पुगेर राहत सामग्रीहरु पुराएर सहयोग पुऱ्याउने तथा धेरै सामाजिक कार्यहरु गरेका युवा नेता जी. एम. गुरुङ खाम्दोङ सिङ्ताम क्षेत्रको उम्मेद्वारको रुपमा आएकामा हर्ष व्यक्त गर्दै धेरै व्यापारीहरुले पार्टी अध्यक्ष एंव मुख्यमन्त्री पवन चामलिङप्रति आभार व्यक्त गरेका छन्। –नन्दु दुतराज

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

विज्ञापन