भाइचुङ निस्के भोट माग्दै एमजी मार्गमा

गान्तोक, 31 मार्च। हिमाली राज्य सिक्किमको चुनाउ 2019 मा नयाँ राजनैतिक दलको रूपमा झुल्केको हाम्रो सिक्किम पार्टीको कार्यकारी अध्यक्ष भाइचुङ भोटियाले भोट माग्दै राजधानी गान्तोकको एमजी मार्गको दोकानेहरूसित कुराकानी गरे। आइतबार अपरान्हन आफ्ना केही युवा समर्थकहरूसित एमजी मार्गमा भित्रिएका भाइचुङले प्रत्येक दोकानमा पसेर पसलेहरूलाई खादा लगाउँदै आउँदो विधानसभा चुनाउमा आफूलाई मतदान गरिदिने अपलि गरे। हाम्रो सिक्किम पार्टीको उम्मेद्वारको रूपमा गान्तोक निर्वाचन क्षेत्रबाट खडा भएका भोटियाले गान्तोकको विभिम्म समस्याहरूलाई समाधान गरिदिने तथा गान्तोक र तुमीन लिङ्गीका दुइ दुइ जना युवा खेलाडीलाई चयन गर्ने तथा खेलकूदमा यो क्षेत्रलाई विकास गर्ने दाबी गर्दै चुनावी मैदानमा उत्रिएका छन्। भाइचुङले गान्तोक निर्वाचन क्षेत्र बाहेक तुमिन लिङ्गी निर्वाचन क्षेत्र दुइवटा समष्टिबाट चुनाउ लड्दै छन्। भाइचुङले आज गरेक घर दैलो अभियानमा दोकानेहरूसित कुराकानी गरे भने एमजी मार्गमा स्थानीयहरूले भन्दा पनि धेरै पर्यटकहरूले उनलाई भेट्न पाएकोमा खुसी देखिए उनीसित सेल्फी खिच्नेहरूको लाम लागेको पाइयो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन