पूर्वको 12 र उत्तरको 3 हामी जित्छौं दक्षिण र पश्चिमबाट पनि धेरै सीट जित्छौंः पीएस गोले

गान्तोक,31 मार्च। हिमाली राज्य सिक्किमको प्रमुख विपक्षी दल एसकेएमले चुनावी सभा अध्यक्ष पीएस गोलेको मुख्य आथित्यमा  पश्चिम सिक्किमको सोरेंग बजारमा सम्पन्न गऱ्यो । सभामा सोरेंग च्याखुङ्ग , दरमदेन, रिनचेंपोंग, सालघारी-जुम समष्टिका जनताको उपस्थिति रहेको थियो। सभामा  उम्मेदवारहरु आदित्य गोले,  एमएन शेर्पा, फुरबा छिरिंग भोटिया, श्रीमति सुनिता गजमेर साथै लोकसभा उम्मेदवार  इन्द्रहांग सुब्बाको उपस्तिथि रहेको थियो ।

एसकेएम अध्यक्ष  पीएस गोलेले सभालाई सम्बोधन गर्दै भने हामी यसपाली पूर्व जिल्लाबाट १२ को १२ सीट जित्नेछौं, र उत्तर जिल्लाबाट ३ को ३ सीट जित्नेछौं ,संघ सीट त हाम्रो पेवा बराबर हो ,पश्चिमबाट धेरै सीट जित्नेछौं अनि दक्षिण जिल्लाबाट पनि धेरै सीट जित्नेछौं। र हाम्रो सरकार आइसकेकोछ खाली ११ अप्रैललाई पर्खेकोछ पच्चीस बर्ष सिक्किमे जनतालाई ढाटेको एसडीएफलाई  यसपाली जनताले ढाट्ने छन्।

२५ बर्ष सम्म एसडीएफ पार्टीले सत्ता चलाए पनि बिकास शुन्य छ बिकास कागजमा मात्र सीमितछ,  अहिले यो सरकारले जनतालाई चुनावमा कालो धन र रक्सी बाड़दैछ तर यदि सरकारले राम्रो काम र बिकास गरेको भएमा आज यस्तो स्थितिमा पुग्ने थिएन भनी आरोप लगाए।  मुख्यमन्त्रीले भर्खरै सोरेंग च्याखुंग समष्टिमा आएर पाँच बर्ष पहिले गरेको घोषणा नै गरेर गएको दाबी गर्दै आफूलाई सोरेंगको प्रत्येक गाउँले र ब्यापारीहरुले चिनेको बताए। यसैगरि उनले सोरेंग समष्टिको जनताले न्याय दिनु पर्ने बताउँदै आफू  र आफ्नो  छोरा दुई ठाऊँबाट उठेको भएमा परिवारवाद हुने थियो तर म उठिन र मेरो छोरा मात्र उठेकोछ र यसलाई परिवारवाद भन्दैन, मैले मेरो छोरालाई समाज सेवा गर्ने मौका र राजनीतिको धर्म निभाउनुको निम्ति उठाएको हो भन्न दाबी गरे। यसैगरि उनले  स्वर्गीय नर बहादुर भण्डारीको पनि सिक्किममा ब्यवस्था परिवर्तन गर्ने ठुलो सपना थियो तर अब उहाँको सपनालाई  सोरेंग – च्याखुंगको जनताले पूरा गर्नुपर्छ, सिक्किम सिब्जेक्ट, सिक्किम र सिक्किमे जनताको हक र अधिकारलाई बचाउने हो भने एसकेएमलाई भोट दिएर सरकारमा पुऱ्याउनु पर्ने आह्वान गरे।

सभालाई पार्टीको अन्य धेरै उच्च नेतृत्वले सम्बोधन गरे पनि बिशेष गरेर लोकसभा उम्मेदवार इन्द्रहांग सुब्बाले सभालाई सम्बोधन गर्ने क्रममा  राजनीति बेगर कुनै पनि समाजको बिकास हुनु सक्दैन, २०१९ को चुनाव प्रजातन्त्रको प्रतीक हुनुपर्छ,  प्रजातांत्रिक प्रणालीलाई बचाउनु सक्ने सिक्किमे युवाहरु हुनु सक्नुपर्छ, आज पच्चीस बर्षबादमा च्याखुंग कॉलेज खोलियो तर बिना क्याम्पस र कुनै प्रयोगशाला र कुनै सुबिधा नभएको खोलियो र यो अति दुःख लाग्दो कुरा हो, बुदाङमा इलिम यूनिवर्सिटी सिक्किम सरकारले खोल्यो र त्यसमा पढ़ने भाई – बहिनीहरुको भविष्य बर्वाद गरेको आरोप लगाए।

आजको चुनावी सभामा एसडीएफ पार्टीलाई त्याग गर्दै एसकेएम पार्टीमा बिधिवत रूपमा  सामेल हुनेहरुमा सोरेंग च्याखङ्ग समष्टिबाट जीवन कुमार गुरुंग दोदक बुढ़ियाखोप जिल्ला पंचायतको अगुवाईमा जम्मा १४२ परिवार, सालघारी -.जुम समष्टिको बिभिन्न जीपीयुबाट  जम्मा ९२ परिवार, रिनचेंपोंग समष्टिको बिभिन्न जीपीयुबाट जम्मा  १२५   परिवार, दरमदेन समष्टिको बिभिन्न जीपीयुबाट  जम्मा १२९ परिवार गरेर  आजको सभामा जम्मा ४८७ परिवार बिधिवत रूपमा सामेल भएको दाबी गरिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन