रोशन गिरी र बिमल गुरूङलाई आउँदो चारदिनभित्रमा कोलकाता उच्च न्यायालयमा आवेदन चढ़ाउने सर्वोच्चको सुझाव : सर्वोच्चले हाइकोर्टसम्म जान दियो सुरक्षा

रोशन गिरी र बिमल गुरूङलाई आउँदो चारदिनभित्रमा कोलकाता उच्च न्यायालयमा आवेदन चढ़ाउने सुझाव दिएको छ। त्यतिबेला सम्मको निम्ति उनीहरूको अग्रीम जमानत यथावत रहनेछ। सर्वोच्चले उच्च न्यायालयलाई यी मोर्चा नेताहरूको अग्रिम जमानत याचिकामाथि चाँड़ै सुनवाइ गर्नु पनि भनेको छ। अग्रिम जमानतका लागि हाइकोर्टसम्म जान गोजमुमो नेताहरूलाई सर्वोच्चले सुरक्षा पनि प्रदान गरेको छ।


दिल्ली, 3 अप्रेल


भारतको सर्वोच्च न्यायालयले गोर्खा जनमुक्ति मोर्चा नेतृत्वद्वय रोशन गिरी र बिमल गुरूङले तीन हफ्तासम्म अग्रिम सुरक्षा प्रदान गरिदिनको निम्ति गरेको आवेदन रद्द गरेको छ।

एएनआई-ले प्रकाशित गरेको खबरअनुसार सर्वोच्च न्यायालयले गोर्खा जनमुक्ति मोर्चाका दुइ नेता विमल गुरूङ अनि रोशन गिरीको याचिकामाथि सुनवाई  गर्दै रोशन गिरी र बिमल गुरूङले तीन हफ्तासम्म अग्रिम सुरक्षा प्रदान गरिदिनको निम्ति गरेको आवेदन रद्द गरेको हो।

गोजमुमो नेतृत्वद्वयले यो आवेदन आगमी लोकसभा चुनावमा  प्रचार प्रसार गर्न पाउँ भनी गरेको थियो।

यस विषय लिएर रोशन गिरी र बिमल गुरूङलाई आउँदो चारदिनभित्रमा कोलकाता उच्च न्यायालयमा आवेदन चढ़ाउने सुझाव दिएको छ। त्यतिबेला सम्मको निम्ति उनीहरूको अग्रीम जमानत यथावत रहनेछ।

हिज सर्वोच्च न्यायालयले आजको निम्ति फैसला सुरक्षित राखेको थियो। यता सर्वोच्चले उच्च न्यायालयलाई यी मोर्चा नेताहरूको अग्रिम जमानत याचिकामाथि चाँड़ै सुनवाइ गर्नु पनि भनेको छ। अग्रिम जमानतका लागि हाइकोर्टसम्म जान गोजमुमो नेताहरूलाई सर्वोच्चले सुरक्षा पनि प्रदान गरेको छ।  गोजमुमो प्रमुख गुरुङसमेत 6 जना नेताको याचिकामाथि सर्वोच्चले यस्तो आदेश सुनाएको हो।

राज्य सरकारले राजनीतिकप्रेरित झूटा मुद्दाहरू लगाएर सताइरहेको मोर्चा नेताहरूले सर्वोच्चमा तर्क दिएका थिए। आफूलाई जस्तै मुद्दा लागेको विनय तामाङलाई भने बङ्गाल सरकारले सत्तामा राखेको तर आफूलाई भने सताइरहेको विमलले सर्वोच्चमा बताएका थिए।

अर्कोतिर ममता ब्यानर्जी सरकारले गुरुङविरुद्ध दर्ता 53 प्राथमिकीहरूको सूची सर्वोच्चमा बुझाउँदै गुरुङले अन्य 24 मामिलाको जाँच झेलिरहेको बताएको थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया