9 वटा वार्ड र 56 वटा बुथमा अमरसिंह राईले 80 प्रतिशत मत पाएन भने पार्षद र बुथस्तर नेताहरू कार्यालय नआउनू- एलबी राई

‘नगरपालिका अध्यक्षको हैसियतमा मिरिकको 9 वटा वार्डका पार्षदहरूलाई भनिसकेको छु, कुनै पनि वार्डमा अमरसिंह राईको पक्षमा 80 प्रतिशत भन्दा कम्ती भोट आयो भने कोही पनि अफिस नआउँदा हुन्छ,’ राईले चेतावनीदिएर भनेका छन्, ‘मिरिकको 56 बुधमा टिएमसी होस् वा मोर्चाको होस्, 80 प्रतिशत भोट आएन भने ती बुथका नेताहरू पनि हामीसमक्ष नआउनू।’


मिरिक, 3 अप्रेल


मङ्गलबार मिरिकमा एउटा जनसभामा बोल्दै मिरिक नगरपालिका अध्यक्ष एलबी राईले पार्षद अनि बुथस्तरका तृणमूल र मोर्चा नेताहरूलाई चेतानवी दिएका छन्। उनले यसपालि आफूले कोलकातामा मुख्यमन्त्री ममता व्यानर्जीलाई मिरिकबाट 80 प्रतिशत भोट दिएर अमरसिंह राईलाई जिताउने बचन दिएर आएको बताएका छन्।

‘नगरपालिका अध्यक्षको हैसियतमा मिरिकको 9 वटा वार्डका पार्षदहरूलाई भनिसकेको छु, कुनै पनि वार्डमा अमरसिंह राईको पक्षमा 80 प्रतिशत भन्दा कम्ती भोट आयो भने कोही पनि अफिस नआउँदा हुन्छ,’ राईले चेतावनीदिएर भनेका छन्, ‘मिरिकको 56 बुधमा टिएमसी होस् वा मोर्चाको होस्, 80 प्रतिशत भोट आएन भने ती बुथका नेताहरू पनि हामीसमक्ष नआउनू।’

उनले मिरिकको माया गर्नेहरूले अमरसिंह राईलाई जिताउनुपर्ने फर्मान पनि जारी गरेका छन्। उनीअनुसार तृणमूल र मोर्चाका नेताहरू मिलेर चुनाउ प्रचार गर्नुपर्नेछ। ‘यदि दुवै दलका नेताहरूको बाझोले गर्दा 80 प्रतिशतभन्दा कम्ति भोट आयो भने कोही पनि कार्यालय नआउनू,’ उनले भनेका छन्, ‘मैले कोलकातालाई 80 प्रतिशत मतले अमरसिंह राईलाई जिताउँछु भनेको छु।’

आफूहरूले कोलकातामा पहाडको स्थायी सामाधान र पर्टापट्टाको कुरा उठाएको अनि सबैले गाउँबस्ती, घरघर गएर मुद्दाबारे बुझाइदिने अपील पनि गरेका छन्।


भिडियो साभार-मिरिकसेरोफेरो

मिरिकमा आयोजित मोर्चा _ तृणमुलको संयुक्त जनसभालाई सम्बोधन गर्दै हिल तृणमुल अध्यक्ष एलबी राई

Gepostet von Mirik ko sero fero -मिरिक को सेरो फेरो am Dienstag, 2. April 2019

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया